
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री निवास वालुवाटारमा आसन्न भारत भ्रमणका बारेमा परामर्श लिन मङ्गलबार सर्वदलीय बैठकको आयोजना गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने र विगतका सम्झौताहरुलाई कार्यान्वयनमा लाने दिशामा केन्द्रित गर्न सुझाइएको छ ।
प्रधानमन्त्री दाहालले आज आफ्नै निवास बालुवाटारमा परामर्शका लागि बोलाउनुभएको सर्वदलीय बैठकमा सहभागी भएका दलका नेताहरुले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन आग्रह गरेका हुन् ।
छलफलमा सहभागी नेपाली काँग्रेसका नेता भरत खड्काले असाधारण परिस्थितिमा आएको प्रधानमन्त्री दाहालको भारत भ्रमणका विषयमा कसैले पनि शङ्का र उपशङ्का गर्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो – “भारत भ्रमणमा पुष्पकमल दाहाल जान लागेको होइन, प्रधानमन्त्री जान लाग्नुभएको हो, त्यो संस्था हो र त्यसलाई विश्वास गर्नुपर्छ । छिमेकी मुलुकसँग स्पष्ट कुरा राखेर सम्बन्धलाई थप उचाइमा पु¥याउन पहल हुनुपर्छ ।” नेता खड्काले प्रधानमन्त्री उच्च मनोबलका साथ भारत भ्रमणमा जाने विश्वास पनि व्यक्त गर्नुभयो ।
भारत भ्रमणमा जाँदा आफूसँग खास नयाँ मुद्दा नभएको दलका नेतालाई प्रधानमन्त्री दाहालले बताउनुभएपछि आफूहरुले विगत केही समय अगाडि राजनीतिक तहमा दुई देशको सम्बन्ध चिसिएको र त्यसलाई सुधार्न प्रधानमन्त्री दाहालको भारत भ्रमण सफल होस् भनी शुभकामना दिएको सङ्घीय समाजवादी फोरम नेपालका नेता अशोक राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल–भारत सम्बन्धलाई अझ उँचो बनाउन र विगतमा दुई देशबीच भएका विभिन्न सन्धि र सम्झौतालाई कार्यान्वयनमा लान नेताहरुले सुझाव दिएका थिए ।
साउन १९ गते व्यवस्थापिका–संसद्बाट काँग्रेसको साथ र सहयोगमा प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएका दाहालले यही भदौ ३० गतेदेखि भारतको चारदिन लामो भ्रमण गर्दै हुनुहुन्छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान