
काठमाडौँ, ३१ साउन । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनमा बन्दसत्र नगरी नयाँ नेतृत्वका लागि विवादका बीच उम्मेदवारी दर्ता सुरु भएको छ ।
निर्वाचन समितिले आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिले महाधिवेशन गर्न गठित निर्देशक समिति र नेविसङ्घका नेताहरुको बैठक बसिरहेको छ ।
निर्वाचन समितिको बैठक नबसी निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको भन्दै दुई सदस्यले असहमति जनाउनुभएको छ । समिति सदस्यद्वय कृष्णप्रसाद पनेरु र मेघराज पोखरेलले समिति संयोजकले पार्टी नेताको इसारामा चली स्वतन्त्र ढङ्गले काम नगरेको आरोप लगाउनुभयो ।
“शनिबार राति सार्वजनिक गरिएको मतदाता नामावलीमा ४०० उजुरी परेका छन्, त्यसको छानबिन नगरी समितिको बैठकसमेत नडाकी निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ, हामी सबै कानुन व्यवसायी स्वतन्त्र भएर कुनै पक्षमा नलागी काम गर्नुपर्छ भन्ने हाम्रो माग हो” – समिति सदस्य पनेरुले भन्नुभयो ।
दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएकाले दिउँसो २ः३० बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन गरिनेछ र ३ बजेसम्म उम्मेदवारको नाम वर्णानुक्रमअनुसार भए÷नभएको दाबी संशोधन गर्ने समय तोकिएको छ ।
उम्मेदवारको दोस्रो नामावली दिउँसो ३ः३० बजे प्रकाशन गरिने निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले राससलाई जानकारी दिनुभयो । दिउँसो ३ः३० देखि ४ः३० बजेसम्म उम्मेदवारको मनोनयन पत्रमा दाबी विरोधको समय छ ।
दाबी विरोधमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशनको समय साँझ ५ः३० बजेसम्म तोकिएको छ । उम्मेदवारबाट नाम फिर्ताको समय ५ः३० देखि ७ः३० बजेसम्म छ । बेलुकी ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
भोलि ३२ गते मङ्गलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मतदानको कार्यक्रम राखिएको समिति संयोजक खरेलले बताउनुभयो । “दुवै पक्ष मिलेर आए निर्वाचन कार्यक्रममा अझै केही संशोधन हुन सक्छ” – उहाँले भन्नुभयो ।
अहिलेसम्म १०० जना नेताले विभिन्न पदमा उम्मेदवारी दिनुभएको छ । विवादका कारण अध्यक्ष र महामन्त्रीमा कम उम्मेदवारी परेको छ ।
निर्देशक समिति सदस्य गोविन्द भट्टराई बैठकमा मतदाता नामावली संशोधन गरी निर्वाचन कार्यक्रमलाई हेरफेर गर्ने विषयमा छलफल भइरहेको बताउनुहुन्छ ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह