
काठमाडौँ, २३ साउन । ‘तीनकुने शान्ति मण्डला’ निर्माणको काम चीनको छेन्दु नगरपालिकाले गर्ने भएको छ ।
नगरलाई थप सुन्दर, हरियाली र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले तीनकुनेमा शान्ति मण्डला बनाउन लागिएको काठमाडाँै महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार छेन्दु नगपालिकाका मेयरले कुनै एउटा परियोजनामा लगानी गर्ने चासो देखाएपछि कामपाले उक्त मण्डला निर्माणको जिम्मा दिन तयार भएको हो । निर्माणकै लागि बाँकी छलफल गर्न केही दिनमा कामपाको प्रतिनिधि सम्मिलित एक टोली चीन जाने तयारी गरेको छ ।
कामपाका अनुसार हाल नक्साङ्कनको काम र निर्माणको लागि करिब रु एक अर्ब २३ करोड ४६ लाख ७५ हजार खर्च लाग्ने अनुमानित प्रतिवेदनसमेत सार्वजनिक भइसकेको छ ।
आगामी पाँच वर्षभित्र बनाइसक्ने योजनाअनुरुप प्रक्रिया सुरु गरिएको छ । शान्तिमण्डलाको बीच भागमा १६ मि अग्लो बुद्धको विशाल मूर्ति हुनेछ । सो मण्डलाको संरचना हिन्दू र बौद्ध धर्मलाई समायोजन गरी तयार गर्ने बताइएको छ । मण्डलाको प्रत्येक कुनामा हिन्दू धर्मको प्रतिनिधित्व हुने गरी ब्रह्मा, विष्णु र महेश्वरका मूर्ति राखिनेछ ।
त्यस्तै मूर्तिको वरिपरि रूख–बिरुवा रोपिने बताइएको छ । संरचनाको तीनवटै कोणमा चौबिसै घन्टा पानी आउने ‘फाउन्टेन’ निर्माणको गर्ने योजना छ ।
करिब ५१ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त उद्यानभित्र एकैपटक २०० जनाले योग गर्न सक्ने योग कक्षसमेत निर्माण गरिनेछ ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा