ल्याटिन अमेरिकी मुलुक कोस्टारिकामा वैधानिक कागजात विनै अमेरिका हिंडेका आठ नेपाली पक्राउ परेका छन्। स्थानीय सञ्चार माध्यमहरुले कोस्टारिका प्रवेशको वैधानिक कागजात नभएका नेपालीहरुलाई आइतबार बिहान पक्राउ गरिएको जनाएका छन्।
सेप्टेम्बरमा कोस्टारिकामा गैरकानुनी रुपमा अमेरिका जान हिंडेका नेपाली पक्राउ परेको तेस्रो पटक हो। यसअघि सात र सत्ताइस जना नेपालीको दुई टोलीलाई पक्राउ गरेको थियो।
प्रशान्त महासागरको किनारामा रहेको पुन्तारेनास प्रान्तका प्रहरीले पिक अप भ्यानमा यात्रा गरिरहेका बेला रोकेर खानतलासी गर्दा भाग्न कोसिस गरेपनि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका ८ जनासँग स्वास्थ्य परीक्षण र पृष्ठभूमी जाँचबुझ गरेर हिरासतमा राखेको बताइएको छ ।
अवैध रुपमा अमेरिका छिर्न हिंडेका नेपालीले कोस्टा रिकासहित विभिन्न दक्षिण अमेरिकी देशलाई ट्रान्जिटको रुपमा प्रयोग गर्ने गर्दछन्।
कागजात विना कोस्टा रिका प्रवेश गर्न व्यक्तिसँग सोधपुछ गरेर जुन देशबाट कोस्टा रिका प्रवेश गरेको हो छाडिन्छ । मानव तस्करीलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय संगठित अपराधका रुपमा पहिचान गरेको छ। कोस्टारिकाले मानव तस्करीविरुद्ध -अभियान चलाउने क्रममा यी पक्राउ गरिएका हुन्।
पनामाबाट निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिकोबाट अमेरिका छिर्न दलालहरुले बाटोमा पर्ने कोस्टारिकाको बाटो उपयोग गर्ने गर्छन्। एशियाको विभिन्न देशहरु हुँदै वैधानिक रुपमा ब्राजिल लैजाने गिरोह सक्रिय छ ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह