काठमाडौं। पदक जित्ने अपेक्षा गरिएको पुरुष क्रिकेट टोली इन्चोन एशियाडको क्वाटरफाइनलबाट बाहिरिएको छ। बुधबार बिहान भएको खेलमा प्रतिद्वन्द्वी अफगानिस्तानसँग ८ रनले पराजित हुँदै नेपाली क्रिकेट टोली बाहिरिएको हो। अफगानिस्तानले राखेको १ सय २० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गराउँदै १ सय ११ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि बिनोद भण्डारीले ४८ र ज्ञानेन्द्र मल्लले ३० बनाउन सके। त्यस वाहेक कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन्। भण्डारीले चौथो विकेटका लागि मल्लसँग ५४ रनको साझेदारी गर्दै नेपाललाई जीततर्फ लगेका थिए। तर १४ ओभर चौथो बलमा भण्डारी आउट पछि नेपाली टोली धारासायी बन्न पुग्यो।
अफगानिस्तानका लागि फरिद अहमदले ४ विकेट लिए। टस जितेर बलिङका उत्रिएको नेपालका लागि शक्ति गौचर र सगार पुनले ३-३ विकेट लिएका थिए। त्यसैगरी सोमपाल कामी, बसन्त रेग्मीले १-१ विकेट लिए। अफगानिस्ताले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय १९ रन मात्रै बनाउन सक्यो। अफगानिस्तानका लागि मोहम्मद शाहजादले ४२ रन बनाएका थिए।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा