काठमाडौं। पदक जित्ने अपेक्षा गरिएको पुरुष क्रिकेट टोली इन्चोन एशियाडको क्वाटरफाइनलबाट बाहिरिएको छ। बुधबार बिहान भएको खेलमा प्रतिद्वन्द्वी अफगानिस्तानसँग ८ रनले पराजित हुँदै नेपाली क्रिकेट टोली बाहिरिएको हो। अफगानिस्तानले राखेको १ सय २० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गराउँदै १ सय ११ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि बिनोद भण्डारीले ४८ र ज्ञानेन्द्र मल्लले ३० बनाउन सके। त्यस वाहेक कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन्। भण्डारीले चौथो विकेटका लागि मल्लसँग ५४ रनको साझेदारी गर्दै नेपाललाई जीततर्फ लगेका थिए। तर १४ ओभर चौथो बलमा भण्डारी आउट पछि नेपाली टोली धारासायी बन्न पुग्यो।
अफगानिस्तानका लागि फरिद अहमदले ४ विकेट लिए। टस जितेर बलिङका उत्रिएको नेपालका लागि शक्ति गौचर र सगार पुनले ३-३ विकेट लिएका थिए। त्यसैगरी सोमपाल कामी, बसन्त रेग्मीले १-१ विकेट लिए। अफगानिस्ताले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय १९ रन मात्रै बनाउन सक्यो। अफगानिस्तानका लागि मोहम्मद शाहजादले ४२ रन बनाएका थिए।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने