
काठमाडौँ, १७ असार । ब्रसेल्सस्थित नेपाली दूतावासको आयोजनामा नेपाल र युरोपेली आयोगको सहकार्यमा नेपालको जलविद्युतको सम्भाव्यताको पहिचान विषयक सम्मेलन हालै सम्पन्न भएको छ ।
सम्मेलनमा कार्यवाहक राजदूत घनश्याम भण्डारीले नेपालको जलविद्युत् विकास मुलुकको आर्थिक, सामाजिक विकासका लागि अनिवार्य भएको बताउँदै सरकारले यस क्षेत्रमा साना र मध्यम लगानीलाई प्रोत्साहन गरेको बताउनुभयो ।
सम्मेलनको अध्यक्षता गर्दै एसियाली अध्ययनका लागि युरोपेली प्रतिष्ठानका वरिष्ठ एसोसिएट तथा आयोगका पूर्व नेपाली प्रमण्डलका प्रमुख डा अलेक्जेन्डर स्पाचिसले लगानीको स्रोतको विविधता हुनुपर्ने भन्दै नेपालको जलविद्युत विकासमा ठूलो लगानी आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा ब्रसेल्सस्थित लेउभेन विश्वविद्यालयका प्राध्यापक, ब्रसेल्सको परराष्ट्र मन्त्रालयका अधिकारी, कूटनीतिज्ञ, बुद्धिजीवी तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि सहभागी रहेको दूतावासले जनाएको छ ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई