
लण्डन । चाल्टर्न नेपाली समाज बेलायतको अध्यक्षमा रोमनाथ पाण्डे सर्वसम्मत चयन भएका छन् ।
चाल्टर्न नेपाली समाज बेलायतले संचालनमा ल्याएको नेपाली कक्षाको संयोजकमा सुरज केसीलाई दिने ‘भित्री सहमति’ बनेपछि अध्यक्षमा पाण्डे सर्वसम्मत चयन भएका हुन् । स्रोतका अनुसार, सहमतिका लागि समाजका केही अगुवाहरु लागेका थिए । समाज अन्तर्गत लर्न नेपाली कक्षा संचालन भइरहेको छ । हाल यसको संयोजक फत्त थापा छन् । नयाँ कार्यसमितिले ‘भित्री सहमति’ अनुसार पूर्व अध्यक्ष केसीलाई नयाँ संयोजकमा नियुक्त गर्नेछ । तर, केसीले वीनेपालीसँग भने, ‘समाजको हितका लागि मैले सहमति गरें ।’
अध्यक्ष पदका उम्मेदवारद्धय मध्येका सुरज केसीले सहमतिका आधारमा अध्यक्षका प्रत्यासी रोमनाथ पाण्डेलाई छाडेपछि आइतबार २८ सेप्टेम्बरमा सहमति भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका संयोजक एलएन पाण्डेलाई अध्यक्ष पदका उम्मेदवारद्धय केसी र पाण्डेसँग सल्लाह गरि निर्वाचन मिति तय गर्ने अधिकार थियो । ‘निर्वाचन समितिलाई प्राप्त अधिकारकै आधारमा सहमति जुटाइएको हो’, संयोजक पाण्डेले वीनेपालीसँग भने ।
गतसाता आइतबार अध्यक्ष पदका उम्मेदवारद्धय पूर्व अध्यक्ष केसी र पूर्व उपाध्यक्ष पाण्डेवीच सहमति हुन नसकेपछि अध्यक्ष विना नै कार्यसमिति चयन गरिएको थियो ।
चाल्टर्न नेपाली समाज बेलायतको गत आइतवार साउथ इष्ट लण्डनस्थित माउन्टेन भ्यु रेष्टुरेन्टमा भएको बार्षिक साधारण सभामा उम्मेदवारद्धयवीच सहमति हुन सकेको थिएन ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित