
काठमाडौँ, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहले गराएको विस्फोटनमा परी १४ नेपालीको निधन भएको छ ।
काबुलमा आज बिहान ५ः४० बजे मिनीबसमाथि बम आक्रमण भएको थियो । मृत्यु भएका सबै नागरिक नेपाली रहेको अफगान गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइटमा उक्त घटनामा नौ जना घाइते भएका जनाइएको छ । घाइते हुनेमा पाँच नेपाली र चार अफगान नागरिक रहेका छन् ।
नेपाली सुरक्षागार्ड बोकेको बसमाथि आक्रमण भएको अफगान गृह मन्त्रालयले जनाएको छ ।
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले उक्त घटनामा परी नेपालीको निधन भएको जनाउनुभएको छ ।
मन्त्री थापाले उक्त आतङ्कवादी घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ । उहाँले भन्नुभएको छ – “चौध नेपालीको आतङ्कवादी आक्रमणमा परेर निधन भएको जानकारीमा आएको छ । उक्त नृशंस आक्रमणको कडा शब्दमा निन्दा गर्दछु ।”
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च