
काठमाडौँ, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहले गराएको विस्फोटनमा परी १४ नेपालीको निधन भएको छ ।
काबुलमा आज बिहान ५ः४० बजे मिनीबसमाथि बम आक्रमण भएको थियो । मृत्यु भएका सबै नागरिक नेपाली रहेको अफगान गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइटमा उक्त घटनामा नौ जना घाइते भएका जनाइएको छ । घाइते हुनेमा पाँच नेपाली र चार अफगान नागरिक रहेका छन् ।
नेपाली सुरक्षागार्ड बोकेको बसमाथि आक्रमण भएको अफगान गृह मन्त्रालयले जनाएको छ ।
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले उक्त घटनामा परी नेपालीको निधन भएको जनाउनुभएको छ ।
मन्त्री थापाले उक्त आतङ्कवादी घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ । उहाँले भन्नुभएको छ – “चौध नेपालीको आतङ्कवादी आक्रमणमा परेर निधन भएको जानकारीमा आएको छ । उक्त नृशंस आक्रमणको कडा शब्दमा निन्दा गर्दछु ।”
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?