काठमाडौं । नेपालले इन्चोन एसियाडमा शनिबार भएको पहिलो खेलमा कुवेतलाई प्रस्तुत गरेको २० रनको लक्ष्य १७ बलमा पार गरेको छ । प्रतिउत्तर व्याटिङ गरेको नेपालले १७ बलमा एक विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा गरेको थियो ।
२० ओभरको खेलमा नेपाली बलर अघि निकै निरिह देखिएको कुवेत १३ ओभर २ बलमा अल आउट भएको थियो । नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले तीन तीन विकेट लिए भने सागर पुनको नाममा २ विकेट रह्यो ।
कुनै पनि ब्याट्सम्यानले दोहोरा अंक बनाउन सकेकेको कुवेती खेलाडीको ब्याटबाट १३ रन मात्रै निस्क्यो । कुवेतको इनिङमा सात अतिरिक्त रनको योगदान सबैभन्दा ठूलो थियो । कुवेतका पाँच खेलाडी खाता पनि खोल्न सकेनन् ।
प्रतिउत्तर ब्याटिङ गरेको नेपालका लागि ७ रनमा ९ रन बनाउँदै सागर पुन आउट भए भने सुभाष खकुरेल ७ र विनोद भण्डारी ५ रनमा नट आउट रहे । समूह बीमा रहेको नेपालले दोस्रो खेल आइतबार माल्दिभ्ससँग खेल्ने छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल