काठमाडौँ, १८ जेठ । डेनमार्कको कोपेन हेगनस्थित नेपाली दूतावासले आइतबार सगरमाथा दिवस र सगरमाथाको शिखरमा प्रथम मानव पाइला पुगेको उपलक्ष्यमा यहाँ एक स्वागत समारोहको आयोजना गरयो ।
नेपाली दुतावासका अनुसार डेनिस तथा नेपाली समुदायको उपस्थिति रहेको सो कार्यक्रममा अध्यागमन कानुनविद् एज क्रयाम्प र गैरसरकारी संस्थाका टम्मी एल जोरगेनसेनले नेपालमा भूकम्पपछिको पर्यटन प्रवद्र्धनबारे आफ्ना विचार व्यक्त गर्दै नेपालीप्रति आफ्नो सामिप्यता रहेको बताउनुभयो ।
कार्यक्रममा सन् २००८ मा सगरमाथा आरोहण गर्ने सोरेन स्मिट प्रमुख आकर्षण हुनुहुन्थ्यो । उहाँले विश्वका सबैभन्दा अग्ला सात शिखर पनि आरोहण गरिसक्नुभएको छ ।
उहाँले आफ्नो साथी हेन्रिक क्रिस्टियान्सेनसँगै सगरमाथा चढ्दाका रोचक अनुभव सुनाउनुभयो ।
सो अवसरमा कार्यबाहक राजदूत रामकाजी खड्का र नेपाल पर्यटन बोर्डका प्रतिनिधि सोमनाथ सापकोटाले सोरेन, क्रयाम्प र जोरगेन्सेनलाई सम्मान गर्नुहुँदै नेपालको भूकम्पमा भएको विध्वंसका कारण क्षति भएको सन्दर्भमा पर्यटनलाई पुनरुत्थान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने