
कोपेन्हेगन । डेनमार्कमा बसोबास गर्दै आएका नेपाली दम्पत्ति मनोज दाहाल र मेन्दो लामाले नेपालको प्रतिनिधित्व गर्दै यस वर्षको कोपन्हेगन म्याराथनमा सहभागिता जनाए । ४२.१५९ किलोमिटर दुरीको उक्त दौड मनोजले ५ घण्टा नौ मिनेट २७ सेकेन्ड र मेन्दोले ५ घण्टा नौ मिनेट २९ सेकेन्डमा पुरा गरेका छन् ।
रन फर नेपाल नारासहित टेलेनोर कोपन्हेगन म्याराथनमा भाग लिन उनीहरूलाई कोपन्हेगनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले सहयोग तथा समन्वय गरेको थियो । यो डेनमार्कमा वार्षिक रुपमा आयोजना गरिने मध्यको महत्वपूर्ण म्याराथन हो ।
यस म्याराथनमा नेपालको सहभागिताले नेपाललाई विश्व समुदायबीच चिनाउन महत्वपूर्ण भूमिका खेलेको नेपाली दूतावासका कार्यबहाक राजदूत रामकाजी खड्काले बताए भने रन फर नेपाल स्लोगन सहित टेलेनोर कोपन्हेगन म्याराथनमा नेपालको सहभागिताले नेपालको पर्यटन प्रवर्धनमा सघाउने नेपाल पर्यटन बोर्डका मानार्थ जन प्रतिनिधि सोम सापकोटाले बताए ।
राष्ट्रको प्रतिनिधित्व गर्दै भाग लिन पाएको र आफ्नो सहभागिताले देशलाई विश्व समुदायबीच चिनाउन सहयोग पुगेकामा गौरव लागेको नेपाली दम्पत्ति मनोज दाहाल र मेन्दो लामाले बताएका थिए ।
टेलेनोर कोपन्हेगन म्याराथनमा भाग लिएका मनोज र मेन्दोलाई हौसला बढाउन संयोजक संस्थाका प्रतिनिधिहरू र ठाउं ठाउंमा नेपाली उपस्थित थिए ।
कोपन्हेगनको आइल्याण्ड ब्रुगेबाट शुरु भई शहरको विभिन्न भाग हुदै पुनः प्रारम्भ स्थलमै पुगेर टुंगिने गरी रुट तय गरिएको उक्त म्याराथनमा ९१ देशका ९ हजार ३ सय ८० जना धावकले भाग लिएका थिए । उक्त दौडमा पचास हजार भन्दा बढि दर्शकहरु धावकहरुलाई हौसला प्रदान गर्न कार्यक्रम स्थलमा उपस्थित थिए ।
यस वर्ष कोपन्हेगन म्याराथनमा इथियोपियाका अस्चालिउ बिरु हुन्देले ४२.१५९ किलोमिटरको दुरी सबैभन्दा कम २ घण्टा २० मिनेट ४७ सेकेन्डमा पुरा गरेका छन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च