लन्डन । ४८ वटा अल्पविकसित मुलुकमा क्रियाशील नागरिक समाजहरुको सन्जालले धनी तथा विकसित मुलुकहरुलाई संसारका सबैभन्दा गरिव मुलकहरुमा बसोबास गर्ने करोडांै जनतालाई गरिबीको रेखाबाट माथि उकास्न सघाउने उनीहरुको वाचाबाट पछि नहट्न आव्हान गरेको छ ।
काठमाडौंमा मुख्यालय रहेको एलडिसी वाचले संयुक्त राष्ट्रसंघद्वारा पांचवर्ष अघि टर्कीको इस्तानबुलमा आयोजित शिखर सम्मेलनमा अल्पविकसित मुलुकहरुलाई सघाउन वाचा गरेका धनी मुलुकहरुलाई उनीहरुको वाचा नबिर्सन आग्रह गरेको हो ।
१४ देखि १६ ज्येष्ठ (मे २७ देखि २९ तारिख) मा टर्कीकै अन्तल्या शहरमा हुन गइरहेको मध्यावधि मुल्यांकन शिखर बैठक अघि प्रकाशित एक प्रेस वक्तव्यमा एलडिसी वाचले प्राकृतिक प्रकोप, आर्थिक संकट एवं इबोला जस्ता महामारीबाट अल्पविकसित मुलुकहरुका करोडौं जनता प्रभावित भइरहेको र उनीहरुलाई तत्काल भरपर्दो सहयोग पुराउने दायित्वबाट अन्तर्राष्ट्रिय समुदाय पन्छन नमिल्ने जनाएको छ । भ्रष्टाचार, राजस्व हिनामिना तथा कर छल्ने प्रवृत्तिले पनि विकासमा खर्च गर्न अत्यावश्यक श्रोतको अभाव हुन पुगेको सो संस्थाको ठहर छ ।
‘अन्तर्राष्ट्रिय समुदायलाई तिनका वाचा पुरा गर्न आव्हान गर्नुका साथै अल्पविकसित मुलुकहरुका गैर सरकारी संस्थाहरुले तिनका आफ्नै सरकारहरुलाई पनि भ्रष्टाचारसंग जुध्न एवं पारदर्शी शासन व्यवस्था सञ्चालन गर्नका लागि गैर सरकारी संस्थाहरुसंग हातेमालो गर्न आग्रह गरेका छन्’, एलडिसी वाचका अन्तर्राष्ट्रिय संयोजक गौरी प्रधानले भने ।
‘जलवायु परिवर्तन, सुख्खा, बाढी, समुद्रको बढ्दो जल सतह तथा मरुभूमिकरण जस्ता समस्याहरु व्यहोरिरहेका अल्पविकसित मुलुकहरुका जनतालाई केन्द्रविन्दुमा नराखेसम्म संयक्त राष्ट्रसंघले अघि सारेको दीगो विकास लक्ष्यहरु पनि पुरा हुन सक्दैनन्’, उनले थपे ।
एलडिसी वाचले अन्तल्यामा यही मे २७ देखि २९ तारिखमा हुन गइरहेको राष्ट्रसंघीय बैठक अघि सोही शहरमा मे २६ देखि २८ तारिखमा नागरिक समाज मञ्चको अन्तर्राष्ट्रिय बैठक हुन लागेको जनाएको छ । दर्जनौं गैरसरकारी संस्थाहरुका सयौं प्रतिनिधिले भाग लिने अपेक्षा गरिएको उक्त बैठकमा नेपाल, बंगलादेश, बेनिन, क्याम्बोडिया, किरिबाटी, सेनेगल तथा टोगो लगायत दक्षिणी तथा पूर्वी अफ्रिका एवं दक्षिण एसियाली नागरिक सन्जालका प्रतिनिधिहरुले पनि आआफ्नो मुलुक तथा क्षेत्रका समस्याहरुबारे प्रकाश पार्नेछन् ।
मध्यावधि बैठकमा सन् २०११ मा इस्तान्बुलमा पारित अन्तर्राष्ट्रिय कार्य योजनामा के कति प्रगति भयो भन्ने विषयको समीक्षा गरिनुका साथै अल्पविकसित मुलुकहरुलाई सघाउन अन्तर्राष्ट्रिय समुदायले तिनको प्रतिवद्धता फेरि दोहोराउने अपेक्षा गरिएको छ ।
एलडिसी वाचले अल्पविकसित मुलुकहरुलाई विकासशील मुलुकको स्तरमा पुराउन इस्तान्बुल कार्ययोजनाको कार्यान्वयनमा जोड दिंदै आएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान