
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहान सुन्धारास्थित धरहरा परिसरमा आयोजित कार्यक्रममा गत वर्ष वैशाख १२ गतेको विनासकारी भूकम्पमा परी दिवङ्गत भएका नेपालीहरूप्रति पुष्पगुच्छा अर्पण गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १२ वैशाख । गत वर्ष वैशाख १२ गतेको विनासकारी भूकम्पमा परी दिवङ्गत भएका नेपालीहरुप्रति आज राष्ट्रले श्रद्धाञ्जलि अर्पण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प गएको एक वर्ष पूरा भएको सम्झनामा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आज बिहान सुन्धारास्थित धरहरा पुगी दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेर धरहराको फेदमा दिवङ्गतलाई सम्झेर पुष्पगुच्छा अर्पण गर्नुभयोे ।
सो अवसरमा उपप्रधानमन्त्री, गृहमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र विभिन्न सङघसंस्थाका पदाधिकारी र पर्यटन व्यवसायीले पनि भूकम्पमा परी मृत्यवरण गर्नु भएका नेपालीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भयो । यसअघि पर्यटन व्यवसायी रयालीसहित श्रद्धाञ्जलिस्थल पुगेका थिए ।
आजकै दिन गत वर्ष ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्प र पराकम्प गरी करिब नौ हजार नेपालीको ज्यान गएको थियो । त्यसैलाई सम्झेर सरकारले सम्पूण दिगङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जति सभाको आयोजना गरेको हो ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण