हालसालै बेलायती सरकारले बढ्दो मोटोपन कम गर्न सन् २०१८ देखि लागु हुने गरी चिनी करको घोषणा गरेको छ । मोटोपन यहि रुपमा वृद्धि हुदै गएमा बेलायती स्वास्थ सेवा नै टाट पल्टने कुराको चेतावनी विज्ञहरुले यसभन्दा पहिले नै दिएका छन् । यस चिनी करबाट बेलायतमा बार्षिक करिब पचास करोड पाउण्ड राजस्व उठ्ने अनुमान गरिएको छ । जुन रकम स्कुलको खेलकुदमा खर्च गरी बच्चाहरुको क्रियाशीलतालाई अरु बढाउने योजना गरिएको छ । जसले गर्दा बाल मोटोपन कम गर्ने लक्ष्य राखिएको छ ।
चिनी ट्याक्स लगाउने देश मेक्सिकोमा यसपछि चिनियुक्त पेयको उपभोग १२ प्रतिशत कम हुनुको साथै पेय तथा अन्य खाना बनाउदा पनि चिनीको कम प्रयोग गरिएको एक तथ्यांकले जनाएको छ । यसको सिधा असर त्यहाँको मानिसको स्वास्थ्यसंग जोडिएको छ ।
एक ३३० मिलिलिटरको क्यान कोलामा करिब ३५ ग्राम चिनी (७ टेबल चम्चा ) हुन्छ भने एउटा मार्सबार चकलेटमा ३३ ग्राम चिनी हुन्छ । यी दुवै महिलाले एक दिनमा खान सुझाब दिइएको चिनी भन्दा बढी छ । एक पुरुषलाई एक दिनमा ३७.५ ग्राम (९ टेबल चम्चा ) र महिलालाई २५ ग्राम (६ टेबल चम्चा) भन्दा बढी नखानु भन्ने विज्ञहरुको सुझाब छ । चाहिने भन्दा बढी चिनी खानु स्वास्थ्यकर खानाको लागि उपयुक्त नभएको कुरा अनेक अनुसन्धानले प्रमाणित गरेको छ ।
नुन र उच्च रक्तचाप संगसंगै चिनी मौन घातकको रुपमा आएको छ । सन् २००८ मा गरिएको एक अध्ययनमा बढी फ्राकटोज (फलफुल /बनस्पति बाट पाइने गुलियो जुन पचाउदा सिधा रक्तकोशिकामा जान्छ) खानाले लेप्टिन प्रतिरोधको अवस्था संग जोडिएको छ । लेप्टिन भनेको एउटा हार्मोन हो जसले खाना खादामा पुगेको सङ्केत दिन्छ । हाम्रो समस्या चाहि दिमागले पुग्यो भनेर दिएको सूचनालाई बेवास्ता गर्छौ । धेरै बेवास्ता भएपछि कोहि व्यक्तिहरुमा लेप्टिनले कार्य गर्न चाहदैन । त्यसोभए पछि शरीरलाई खाना पुगेको भन्ने संकेतको कार्य नभएपछि सधै धेरै खानुपर्ने भयो । जसले मोटोपन धेरै बढाउने भयो । यस्तो मोटोपन बढ्नु कुनै लक्षणहरु या चेतावनीको घन्टी नै बज्छ । यदि चाडै नै धेरै वजन बढ्छ भने सायद फ्राकटोजले कति भन्ने लेखाजोखा गर्नु उपयुक्त हुन्छ खाइएको छ ।
चिनीले खासगरी ठूलो भुँडी बढाउने कार्य गर्छ भन्ने तथ्य सहि हो । बाल अति मोटोपन दोब्बर किशोरको र अति मोटोपनको दर गत तीस बर्षमा तिनगुणा भएको छ । खासमा पार्क, स्कुल आदिमा बच्चाहरु देखेर मोटोपनको अनुमान गर्न सकिन्छ । यी सबै मोटोपनमा देखिने चाहि बढी ठूलो भुँडी हो । यसको मुख्य कारण फ्राकटोज बढी भएको खानाले गर्दा हो । फ्राकटोज भनेको खाना तथा फलफुलमा पाइने एक किसिमको चिनी हो । सन् २०१० मा गरिएको एक अध्ययनले ग्लुकोज नभई बढी फ्राकटोज भएको खानाले भिसरिएयल फ्याटमा हुने कोषलाई परिपक्क बनाउने कारण बन्छ, जसले ठूलो भुँडीलाई अरु बढाउंछ । ठूलो भुँडीले मुटुरोग, बाथ, उच्च रक्तचाप, क्यान्सर र मधुमेहको जोखिम बढाउंछ ।
अमेरिकी मुटु संघले सन् २०१३मा गरेको अध्ययन अनुसार चिनीले रगत पम्प गर्ने मुटुको क्षमतालाई प्रभाव पार्न सक्ने प्रमाण देखाएको छ । राम्रो संग रगत मुटुले पम्प नगरे हार्ट फेलिएरको जोखिम प्रबल रुपले बढ्छ । उक्त अध्ययनले चिनी तथा स्ट्राचमा हुने मोलिक्युल जसलाई ग्लुकोज मेटाबोलाइट ६-फोस्फेट भनिन्छ, जसले मुटुको मांसपेशीमा हुने प्रोटिनलाई बदल्ने कार्यको जिम्मेवारी लिन्छ । यस बदल्ने क्रियाले हार्ट फेलियरको कारक बन्न सक्छ । हार्ट फेलिएर भएका करिब आधि बिरामीहरू पांच बर्ष भित्र मर्न सक्ने तथ्यांक छ ।
चिनी क्यान्सर पनि जोडिएको छ । पोषणको क्षेत्रमा चिनीको कुरा गर्दा इन्सुलिनलाइ अलग राख्न गाह्रो पर्छ । यो किनभने इन्सुलिन कोषहरुमा चिनीको सानो हेरचाह गर्छ । धेरै खाइयो या हाम्रो इन्सुलिनले कार्य गरेन भने शरीरले बिद्रोह गर्छ । इन्सुलिन प्रतिरोध र क्यान्सरसंग जोडिएको धेरै अध्ययनले जनाइसकेको छ ।
चिनीले आन्द्रामा हुने हार्मोन जी आइ पी (GIP) लाइ चिनीले बढाउने काम गर्छ । जी आइ पी लाइ β- केटनीन भन्ने प्रोटिनले नियन्त्रण गर्छ जुन पुरै चिनीको लेबल संग भर पर्छ । यस्तो भएपछि प्यानक्रियाजले इन्सुलिन बढी निकाल्छ । अनुसन्धानले देखाएको छ कि β- केटनीनले कोषको क्यान्सर हुने प्रबलतालाई बढाउन सक्छ । अरु अध्ययनले धेरै चिनी र स्ट्राचले स्तन र नितम्ब क्यान्सरको सम्बन्ध भने नकारात्मक देखाएको छ ।
हालै ५७९ जनामा गर्रिएको अध्ययनमा जसमा घ्रेलिन हार्मोन परिबर्तन हुने व्यक्तिमा बढी चिनी खाने देखिएको छ । घ्रेलिन भन्ने हार्मोनले दिगागलाई भोक लागेको बारे भन्छ । घ्रेलिन बन्सानुगत संग पनि जोडिएको छ । चिनी र मदिरा दुवैको कलेजोलाई टक्सिक गर्ने असर उस्तै हो । चिनीले मदिराले बढाएको रोगलाई अरु बढी जोखिम बढाउने काम गर्छ ।
चिनीले दिमागको पावरलाइ कम गर्न सक्छ । सन् २००९ मा गरिएको अध्ययनले ग्लुकोज खादा कोषहरुको बुढो हुने बिच सकारात्मक सम्बन्ध रहेको पाइएको छ । कोष बुढो हुदै जादा चाउरी पर्ने देखि अरु खतरनाक रोगको कारक बन्न पनि सक्छ । तर, डरलाग्दो के छ भने बढी चिनी खानाले दिमाग चाडै बुढो हुने प्रमाण देखिएको छ । जसले गर्दा स्मरण शक्ति कम हुनुको साथै अन्य रोगको शिकार बन्ने प्रबल जोखिम बढ्छ । यसको अलावा दातमा किरा लाग्नु लगायत अनेक स्वास्थ्यका जोखिमहरू बढी चिनीको उपभोगबाट हुन सक्छ ।
धेरै खानामा चिनी लुकाइएको हुन्छ । त्यसैले कुन खानामा कति चिनी छ, जानकारी राख्नु पर्छ । आफुले खाने चिनीको लेखाजोखा राखेर यसको अधिक सेवनलाई कम गर्न सकिन्छ । अत्याधिक चिनीको सेवनले आयु कम हुन्छ । सन् २०१३ मा गरिएको अन्दाजमा संसारमा एक लाख असी हजार मानिस हरेक बर्ष अकालमा मर्ने कारण बढी चिनी खानाले भनेर जनाएको छ ।
चिनीले मोटोपनको वृद्धि गराएको छ । चिनीले प्रसस्त उर्जा दिन्छ तर यसले पेट भरिएको संकेत फाइबर युक्त खाना, प्रोटिनले जस्तो दिदैन । यो महत्वपूर्ण हो कि दुधबाट आउने चिनी ल्याक्टोज र फलफुलबाट आउने चिनी र फाइबरले शरीरलाई फाइदा गर्छ । यो खाने ठिक्कको परिणामको हुनुपर्छ ।
त्यसकारण माथि चर्चा गरिएको बढी चिनी उपभोगलाई कम गरि यसबाट हुने रोगको जोखिमलाई कम गर्ने पहलको शुरुवात गर्नु नै बान्छनीय हुन्छ । यसको शुरुवात जस्तै चियामा चिनी कम गर्ने, चकलेट, मिठाइ कहिलेकाही ठिकको परिणाममा मात्र खाने, फिजी पेयलाइ लगाम लगाउने आदि गर्नाले मोटोपन लगायत माथि उल्लेख गरिएको रोगको जोखिम कम गर्न सकिन्छ । एउटा सानो जीवनशैली परिवर्तनले समयमा ठूलो स्वास्थ्य लाभ हुन सक्छ ।
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त