लन्डन । नेपलिज वुमन एसोसिएसन यूकेको वार्षिक साधारणसभाले पुनः आरती श्रेष्ठलाई अध्यक्ष चुनेको छ ।
शनिवार बोस्टन म्यानरस्थित मन्टिज रेष्टुरेन्टमा आयोजित साधारणसभाले श्रेष्ठको नेतृत्वमा तदर्थ समितिलाई पूर्णता दिएको हो ।
नयां कार्यसमितिको उपाध्यक्षमा पुनम गुरुङ, महासचिव डा. सुधा श्रेष्ठ, कोषाध्यक्ष सितु खरेल र सदस्यहरुमा प्रसुना कंडेल, आस्था पौडेल, बिन्दु सुब्बा, रजनी रिजाल लगायत चुनिएका छन् । यसपटक संस्थामा बढि सक्रिय र प्रतिवद्ध महिलालाई स्थान दिइएको हो ।
आरती श्रेष्ठको अध्यक्षता र संरक्षक रिता क्षेत्रीको विशेष उपस्थितिमा आयोजित उक्त वार्षिक साधारण सभामा आय व्यय र वार्षिक प्रतिवेदन पारित गरिएको थियो ।
सन् २०१४ को प्रारम्भमा तदर्थ समिति गठन गरेर संगठित भएका यहांका महिलाले छोटो समयमै प्रभावकारी काम गरेका छन् । एसोसिएसनले छिट्टै
महिला सशक्तिकरणका लागि थप कार्यक्रम ल्याउने योजना बनाएको छ ।
एसोसिएसनले तदर्थ समितिकै अवधिमा भूकम्प पीडित र प्रिजनर्स असिस्टेन्स नेपाललाई आर्थिक सहयोग, दुई पटक च्यारिटी कफी मर्निङ, तीज फेस्टिबल, एसियन मेलामा सहभागिता लगायत कार्यक्रम गरिसकेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’