लन्डन । नेपलिज वुमन एसोसिएसन यूकेको वार्षिक साधारणसभाले पुनः आरती श्रेष्ठलाई अध्यक्ष चुनेको छ ।
शनिवार बोस्टन म्यानरस्थित मन्टिज रेष्टुरेन्टमा आयोजित साधारणसभाले श्रेष्ठको नेतृत्वमा तदर्थ समितिलाई पूर्णता दिएको हो ।
नयां कार्यसमितिको उपाध्यक्षमा पुनम गुरुङ, महासचिव डा. सुधा श्रेष्ठ, कोषाध्यक्ष सितु खरेल र सदस्यहरुमा प्रसुना कंडेल, आस्था पौडेल, बिन्दु सुब्बा, रजनी रिजाल लगायत चुनिएका छन् । यसपटक संस्थामा बढि सक्रिय र प्रतिवद्ध महिलालाई स्थान दिइएको हो ।
आरती श्रेष्ठको अध्यक्षता र संरक्षक रिता क्षेत्रीको विशेष उपस्थितिमा आयोजित उक्त वार्षिक साधारण सभामा आय व्यय र वार्षिक प्रतिवेदन पारित गरिएको थियो ।
सन् २०१४ को प्रारम्भमा तदर्थ समिति गठन गरेर संगठित भएका यहांका महिलाले छोटो समयमै प्रभावकारी काम गरेका छन् । एसोसिएसनले छिट्टै
महिला सशक्तिकरणका लागि थप कार्यक्रम ल्याउने योजना बनाएको छ ।
एसोसिएसनले तदर्थ समितिकै अवधिमा भूकम्प पीडित र प्रिजनर्स असिस्टेन्स नेपाललाई आर्थिक सहयोग, दुई पटक च्यारिटी कफी मर्निङ, तीज फेस्टिबल, एसियन मेलामा सहभागिता लगायत कार्यक्रम गरिसकेको छ ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने