
लण्डन । चाल्टर्न नेपाली समाज युकेमा पदीय लोलुपता सतहमै आएको छ ।
साउथ इष्ट लण्डनस्थित माउन्ट भ्यू रेष्टुरेन्टमा आइतबार भएको बार्षिक साधारण सभामा अध्यक्ष पदका लागि दुई उम्मेदवारवीच सहमति कायम हुन नसकेपछि अध्यक्ष चयनै नगरी साधारण सभा स्थगित भयो । साधारण सभाको निर्धारित समयसिमा साँझ पाँच बजेसम्म पनि अध्यक्ष पदका प्रत्यासीहरु पूर्व अध्यक्ष सुरज केसी र पूर्व उपाध्यक्ष रोमनाथ पाण्डेले अन्तिम समयसम्म उम्मेदवारी कायम राखेपछि सहमति हुन सकेन । एक घण्टा थपेको समयमा सहमतिका लागि अध्यक्ष पदका प्रतिस्पर्धी उम्मेद्वार टंक कंडेलले आफ्नो उम्मेदवारी फिर्ता लिदै सहमतिका लागि रोमनाथ पाण्डेलाई अन्त्तिम समयमा समर्थन गरेका थिए ।
पूर्वअध्यक्ष केसीले आफूले कसैलाई नछाड्ने अडान लिएपछि सहमति प्रयास बिफल भयो । बेलायतको साउथ इष्टस्थित चाल्टर्न निवासीलाई मात्र लक्षित गरि गठन गरिएको सामाजिक संथामा देखिएको विवादले चार्ल्टनबासी भन्न पनि लाज लागेको सभामा उपस्थित एक सदस्यले बताए । सभामा विद्वान र समाजको नेतृत्व गर्ने मानिसबीच नै चर्काचर्की भएको थियो ।
पूर्व अध्यक्ष केसीले अर्को कार्यकाल दोहोर्याउने जनाउदै उम्मेदवारी फिर्ता नलिए पछि अध्यक्ष बाहेकका पदहरुमा मात्र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु चयन गरी चाल्टर्न नेपाली समाज युके साधारण सभा स्थगित भयो ।
सर्बसम्मत चयन हुनेमा उपाध्यक्ष टंक कंडेल, सचिब टि एन रिजाल, सह-सचिब फुलप्रसाद कंडेल, कोषाध्यक्ष कृष्ण खरेल र सदस्यहरुमा एक महिलासहित ९ जना छन् । समाजको चर्को विवादलाई मध्ये नजर गर्दै संयोजक एलएन पाण्डेले निर्वाचन समितिले सबैसंग सल्लाह गरेर अध्यक्ष पदका लागि निर्वाचनको अर्को मिति तय गर्ने बताए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण