
लण्डन । चाल्टर्न नेपाली समाज युकेमा पदीय लोलुपता सतहमै आएको छ ।
साउथ इष्ट लण्डनस्थित माउन्ट भ्यू रेष्टुरेन्टमा आइतबार भएको बार्षिक साधारण सभामा अध्यक्ष पदका लागि दुई उम्मेदवारवीच सहमति कायम हुन नसकेपछि अध्यक्ष चयनै नगरी साधारण सभा स्थगित भयो । साधारण सभाको निर्धारित समयसिमा साँझ पाँच बजेसम्म पनि अध्यक्ष पदका प्रत्यासीहरु पूर्व अध्यक्ष सुरज केसी र पूर्व उपाध्यक्ष रोमनाथ पाण्डेले अन्तिम समयसम्म उम्मेदवारी कायम राखेपछि सहमति हुन सकेन । एक घण्टा थपेको समयमा सहमतिका लागि अध्यक्ष पदका प्रतिस्पर्धी उम्मेद्वार टंक कंडेलले आफ्नो उम्मेदवारी फिर्ता लिदै सहमतिका लागि रोमनाथ पाण्डेलाई अन्त्तिम समयमा समर्थन गरेका थिए ।
पूर्वअध्यक्ष केसीले आफूले कसैलाई नछाड्ने अडान लिएपछि सहमति प्रयास बिफल भयो । बेलायतको साउथ इष्टस्थित चाल्टर्न निवासीलाई मात्र लक्षित गरि गठन गरिएको सामाजिक संथामा देखिएको विवादले चार्ल्टनबासी भन्न पनि लाज लागेको सभामा उपस्थित एक सदस्यले बताए । सभामा विद्वान र समाजको नेतृत्व गर्ने मानिसबीच नै चर्काचर्की भएको थियो ।
पूर्व अध्यक्ष केसीले अर्को कार्यकाल दोहोर्याउने जनाउदै उम्मेदवारी फिर्ता नलिए पछि अध्यक्ष बाहेकका पदहरुमा मात्र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु चयन गरी चाल्टर्न नेपाली समाज युके साधारण सभा स्थगित भयो ।
सर्बसम्मत चयन हुनेमा उपाध्यक्ष टंक कंडेल, सचिब टि एन रिजाल, सह-सचिब फुलप्रसाद कंडेल, कोषाध्यक्ष कृष्ण खरेल र सदस्यहरुमा एक महिलासहित ९ जना छन् । समाजको चर्को विवादलाई मध्ये नजर गर्दै संयोजक एलएन पाण्डेले निर्वाचन समितिले सबैसंग सल्लाह गरेर अध्यक्ष पदका लागि निर्वाचनको अर्को मिति तय गर्ने बताए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा