काठमाडौँ, ११ चैत । रु ८० करोडको लगानीमा काठमाडौँ महानगरपालिका ९कामपा० को विभिन्न सडकमा छ हजार ‘सौर्य सडक बत्ती’ जडान गरिने भएको छ ।
कामपाका सडकलाई उज्यालो पार्न समुदायमा आधारित सौर्य सडक बत्ती जडान गर्न लागिएको हो । कामपा, भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीका अनुसार बत्ती जडानका लागि १५० निवेदन परेको छ । सौर्य बत्ती जडान गर्न उपभोक्ताले १५ प्रतिशत, महानगरपालिकाले २५ प्रतिशत र सरकारले ६० प्रतिशत लगानी गर्ने छन् । विद्युत्भार कटौतीको समयमा राजधानीलाई उज्यालो बनाउन सौर्य बत्ती जडान गर्न लागिएको रेग्मीको भनाइ छ ।
त्यस्तै राति आवागमन सहज हुने, दुर्घटना कम हुने र आपराधिक क्रियाकलाप कमी ल्याउन सहयोग पुग्ने अपेक्षासहित सौर्य बत्ती कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । यस कार्यक्रमअन्तर्गत विद्यालय, अस्पताल, सार्वजनिक सङ्घसंस्था र सेवामूलक क्षेत्रलगायतले संस्थागत रुपमा सोलार राख्न चाहेमा ७० प्रतिशत सरकारले लगानी गर्नेछ भने ३० प्रतिशत सम्बन्धित संस्थाले नै लगानी गर्नुपर्ने छ ।
प्रमुख रेग्मीका अनुसार पोलसहित एउटा सौर्य बत्ती जडान गर्न रु एक लाखसम्म लगानी लाग्नेछ । अठारौँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० शिखर सम्मेलनका समयमा नारायणगोपालचोक, बानेश्वर, कोटेश्वर, सिंहदरबार, माइतीघर, थापाथली र पुरानो बसपार्कलगायत स्थानमा सौर्य जडान गरिएको थियो ।
सार्क सम्मेलनका क्रममा महानगरपालिकाले सौर्य प्रणाली जडान गर्न रु १० करोडको लगानी गरेको थियो । त्यसबेला १५० वटा सौर्य बत्ती राखिएका थिए । त्यतिबेला जडान भएका सौर्य बत्ती मर्मत सम्भारको अभावमा केही बिग्रिएका छन् । महानगरले विगतमा जडान गरिएका सौर्य प्रणालीको मर्मत सम्भारमा समेत ध्यान दिने जनाएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?