
लुम्बिनी (रुपन्देही), १० चैत । वसन्त ऋतुको आगमन र नयाँ वर्षको पूर्वसन्ध्यामा मनाइने रङको पर्व होली तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइको छ ।
रङको बहारले तराईका जिल्ला बिहानैदेखि नै रङ्गिन थालेका छन् । हरेक वर्ष फागुपूर्णिमामा मनाइने होलीले रुपन्देहीसहित तराईका २२ जिल्लामा बिहानैदेखि हरेक उमेर समूहका युवायुवती, महिला, पुरुष, वृद्धवृद्धा तथा बालबालिका होली धुमधामका साथ मनाइरहेका छन् । होलीले आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्व बोकेको छ ।
होली पर्वको रौनक रुपन्देहीमा पनि निकै बढेको छ । रुपन्देही सदरमुकाम भैरहवामा हिन्दू तथा मुस्लिम समुदायबीच एकआपसमा होली खेलेका छन् । आन्दोलनरत मधेसी दलले यस वर्ष तराईमा होली नखेल्न आग्रह गरेपनि जनस्तरमा होली मनाइएको छ ।
भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको सामाजिक सद्भाव तथा एकताका लागि गरिएको होली मिलन कार्यक्रमको सुभारम्भ गर्दै मुस्लिम समुदायका सांसद इश्तियाक अहमद खाँनले भैरहवाबाट विश्वका लागि राष्ट्रिय एकताको सन्देश जानुपर्ने बताउनुभयो ।
“म एउटा मुस्लिमको छोरोलाई अतिथि बनाएर होली मलिन कार्यक्रम गराउनुभयो यो निकै सराहनीय छ”– खाँनले भन्नुभयो– हामी सम्पूर्ण जाति एक भएर राष्ट्रिय एकता र राष्ट्रिय अखण्डताको विषयमा लाग्नु पर्छ ।”
“संविधान जारी हुनुपूर्वदेखि भन्डै छ महिनासम्म विभिन्न बहानामा भएको आन्दोलनका कारण सामाजिक सद्भावमा खलल पुग्न गएको भए पनि आजदेखि हामी सबै जातजाति र भाषाभाषी एकै ठाउँमा उभिएका छौँ”– उहाँले भन्नुभयो । यसको उदाहरण हामीले भैरहवा क्षेत्रबाट दिएका छौँ ।
यसका साथै भैरहवामा विभिन्न सङ्घसंस्थाले ठाउँठाउँमा होली मिलन कार्यक्रमको आयोजना गरी होली पर्व मनाइरहेका छन् भने हरेकजसो घरपरिवारमा रङ तथा अबिर एकआपसमा लगाएर खुसी साटासाट गरिरहेका छन् ।
होलीका अवसर पारेर जेसिआइ सिद्धार्थ नेपालले भैरहवामा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुपूर्णिमाका दिन मनाइने यो पर्व एकअर्कामाथि विभिन्न प्रकारका रङ लगाइदिएर मनाइन्छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ