
बेलायती राजकुमार ह्यारीेको स्वागत गर्दै मङ्गलबार लमजुङको गौँडा गाविसको गौडाका स्थानीयवासी र विद्यार्थी । तस्बिर ः प्रदीपराज वन्त, रासस
लमजुङ (गाँैडा), ९ चैत । नेपाल भ्रमणमा रहनुभएका बेलायती राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेभिड ‘ह्यारी’ सद्भाव, मेलमिलाप र खुसीको पर्व फागूपूर्णिमाका अवसरमा आज अबिर रङ खेलेर यो पर्वको मज्जा लिनुभएको छ ।
पश्चिम पहाडको लमजुङ गौँडा गाविस समितिस्थित गाँैडा माविको परिसरमा स्थानीयवासीसँग रङ खेलेर राजकुमार ह्यारीले हर्षोल्लासका साथ फागूपूर्णिमा मनाउनुभएको हो । ह्यारीलाई स्थानीय पञ्चकञ्या राजकुमारी थापा, भवी गुरुङ, अञ्जु गुरुङ, सुजाता गुरुङ र महिमा गुरुङले रातो अबिर लगादिएपछि होली खेल्ने कार्यक्रम सुरु भएको थियो ।
पाँचदिने नेपाल भ्रमणका क्रममा राजधानी, बर्दिया हुँदै घना गुरुङ बस्तीको सो गाउँमा सोमबार पुग्नुभएका ह्यारीले नेपाली लोकसंस्कृति र परम्परानुसार नै खुसियाली साटासाट गर्दै नेपालीको मन जित्न सफल हुनुभएको थियो ।
बर्दियामा जलयात्रा, घरबास र वन्यजन्तु अवलोकनपछि हेलिकप्टरमा लमजुङ पुग्नुभएका ह्यारी एक घन्टाको पैदलयात्रा गरी सोमबार साँझ नेपाली खानपिन र गुरुङ जातिको सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभएको थियो ।
नेपाली गोर्खा सैनिकसँग रहेर अफगानिस्तानमा काम गर्नुभएका ह्यारी उनीहरुको वीरता, साहस र बहादुरी देखेर विशेष आकर्षित हुनुहुन्छ । वन्यजन्तु, पर्यावरण र परोपकारप्रति विशेष रुचि राख्ने ह्यारी हिमाल, प्राकृतिक दृश्यावलोकन र पदयात्राका समेत सौखिन हुनुहुन्छ ।
ह्यारी आजै बिहान सुन्दर पर्यटकीय नगरी पोखरा प्रस्थान गर्नुभएको छ ।
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, ६ घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते