
पोखरा, ९ चैत । बेलायती राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेभिड ‘ह्यारी’ लामाचौरस्थित गोर्खा ब्रिटिस क्याम्प पुगेर अफगानिस्तानमा मारिएका बेलायती गोर्खाली सेनाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
अफगानिस्तानमा ११ गोर्खा सैनिकले वीरगति प्राप्त गरेका थिए । वीरगति प्राप्त गर्नेमा युवराज राई, कृष्णप्रसाद दुरा, कुमार पुन, अर्जुन पुन, रेमन्द खुलुङ, ईश्वर गुरुङ, सुरज गुरुङ, सुरज लिम्बू, सचिन लिम्बू, गजेन्द्र गुरुङ र सिद्धार्थ गुरुङ थिए । वीरगति प्राप्त गरेका गोर्खा सेनाको सम्झनामा दुई मिनेट मौनधारण समेत गरिएको थियो ।
बेलायती सैनिक पोसाकमा राजकुमार ह्यारीले सो समारोहमा भाग लिनुभएको थियो । वीरगति प्राप्त गर्ने गोर्खा सैनिकको आत्माको चिर शान्तिको कामना गर्दै हिन्दू र बौद्ध परम्पराअनुसार शान्ति पाठ गरिएको थियो । सोही अवसरमा ह्यारीले अफगानिस्तान युद्धमा मारिएका गोर्खा सैनिकका आफन्तजन र परिवारजनसँग भलाकुसारी गर्दै समवेदना व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा नेपालका लागि बेलयाती राजदूत रिचर्ड मरिस र बेलायती गोर्खा सैनिक सहितको उपस्थिति थियो ।
राजकुमार ह्यारीले वरको वृक्ष रोपण पनि गर्नुभयो । उहाँ आजै बेलायती गोर्खाको कार्यक्रममा सहभागी भई काठमाडौँ फर्कने कार्यक्रम छ ।
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, ६ घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते