
काठमाडौँ, ८ चैत । नेपाल र चीनबीच बैंकिङ सूचना आदानप्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपाल र चीनका बैंकको नियमन तथा सुपरीवेक्षण गर्ने निकाय चाइना बैंकिङ रेगुलेटरी कमिसन(सिआरबी)का अध्यक्ष साङ फुलिङबीच द्विपक्षीय सहयोग एवम् सूचना आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।
उक्त सहमतिपछि दुवै मुलुकले एक आपसमा बैंकिङ सूचना आदानप्रदान गर्ने, आसपी सहयोग आदानप्रदान गर्ने एवम् आवश्यक परामर्शका लागि सहज वातावरण तयार पारेको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पङ्गेनीले जानकारी दिनुभयो ।
नेपाल विश्व व्यापार सङ्गठन(डब्लुटिओ)को सदस्य बनेपछि सन् २०१० पछि जुनसुकै मुलुकका बैंक तथा वित्तीय संस्थाले नेपालमा शाखा खोल्न पाउने भएका थिए । सूचना आदानप्रदान तथा अन्य व्यवस्था भने नेपाल र चीनको सम्बन्धमा नयाँ हो ।
प्रवक्ता पङ्गेनीले भन्नुभयो, “बैंकको शाखा नै खोल्ने भने विषय नयाँ होइन, हामी डब्लुटिओमा प्रवेश गरेपछि नै सो व्यवस्था भएको हो ।” पछिल्लो दिनमा नेपाल र चीनबीच व्यापार अभिवृद्धि भइरहेको सन्दर्भमा चिनियाँ पक्षले शाखा खोल्ने प्रस्ताव राख्नु जायज नै रहेको उल्लेख गर्दै प्रवक्ता पङ्गेनीले त्यस खालको व्यवस्था भारतीय बैंकका हकमा समेत लागू हुनेछ ।
राष्ट्र बैंकले गतसाल नै चिनियाँ पक्षसँग उक्त सम्झौता गर्ने प्रस्ताव गरेको थियो । विविध कारणवश हुन नसकेको सो सम्झौताले दुई देशबीच वित्तीय क्षेत्रमा थप सहयोग आदानप्रदान गर्न मार्ग प्रशस्त गरेको छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता