
काठमाडौँ, ८ चैत । नेपाल र चीनबीच बैंकिङ सूचना आदानप्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपाल र चीनका बैंकको नियमन तथा सुपरीवेक्षण गर्ने निकाय चाइना बैंकिङ रेगुलेटरी कमिसन(सिआरबी)का अध्यक्ष साङ फुलिङबीच द्विपक्षीय सहयोग एवम् सूचना आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।
उक्त सहमतिपछि दुवै मुलुकले एक आपसमा बैंकिङ सूचना आदानप्रदान गर्ने, आसपी सहयोग आदानप्रदान गर्ने एवम् आवश्यक परामर्शका लागि सहज वातावरण तयार पारेको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पङ्गेनीले जानकारी दिनुभयो ।
नेपाल विश्व व्यापार सङ्गठन(डब्लुटिओ)को सदस्य बनेपछि सन् २०१० पछि जुनसुकै मुलुकका बैंक तथा वित्तीय संस्थाले नेपालमा शाखा खोल्न पाउने भएका थिए । सूचना आदानप्रदान तथा अन्य व्यवस्था भने नेपाल र चीनको सम्बन्धमा नयाँ हो ।
प्रवक्ता पङ्गेनीले भन्नुभयो, “बैंकको शाखा नै खोल्ने भने विषय नयाँ होइन, हामी डब्लुटिओमा प्रवेश गरेपछि नै सो व्यवस्था भएको हो ।” पछिल्लो दिनमा नेपाल र चीनबीच व्यापार अभिवृद्धि भइरहेको सन्दर्भमा चिनियाँ पक्षले शाखा खोल्ने प्रस्ताव राख्नु जायज नै रहेको उल्लेख गर्दै प्रवक्ता पङ्गेनीले त्यस खालको व्यवस्था भारतीय बैंकका हकमा समेत लागू हुनेछ ।
राष्ट्र बैंकले गतसाल नै चिनियाँ पक्षसँग उक्त सम्झौता गर्ने प्रस्ताव गरेको थियो । विविध कारणवश हुन नसकेको सो सम्झौताले दुई देशबीच वित्तीय क्षेत्रमा थप सहयोग आदानप्रदान गर्न मार्ग प्रशस्त गरेको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?