
साताव्यापी औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली चीनका प्रधानमन्त्री लि खछयाङको निमन्त्रणामा आइतबार चीनको राजधानी बेइजिङ आगमन । तस्बिर ः तीर्थ भट्टराई, रासस
बेइजिङ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी औपचारिक भ्रमणका क्रममा आज चीनको राजधानी बेइजिङ आइपुग्नु भएको छ ।
प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री लि खछयाङको निमन्त्रणामा आजदेखि यही चैत १४ गतेसम्म हुने भ्रमणका क्रममा यहाँ आइपुग्नुभएको हो ।
प्रधानमन्त्री ओलीलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विदेश मन्त्रालयका उपमन्त्री लीउ जेन मिन, चीनका लागि नेपाली राजदूत डा महेशकुमार मास्के, परराष्ट्र मन्त्रालय तथा दूतावासका उच्चपदस्थ अधिकारीले स्वागत गर्नु भएको थियो ।
प्रधानमन्त्री ओली काठमाडौँबाट बिहान ११ बजे चीनका लागि प्रस्थान गरी पाँच घण्टाको उडानपछि स्थानीय समयअनुसार साँझ ६ः२० मिनेटमा बेइजिङ आइपुग्नु भएको हो । प्रधानमन्त्री ओलीलगायतको नेपाली भ्रमण टोली हिमालय एअरलाइन्सको विमानबाट बेइजिङ आइपुगेको हो ।
प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, वाणिज्यमन्त्री दीपक बोहरा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, सांसद, व्यापारिक समुदाय, सञ्चारकर्मीलगायत पनि बेइजिङ आइपुग्नु भएको छ ।
प्रधानमन्त्री ओली आज साँझ राजधानी बेइजिङस्थित डिआओयुताइ स्टेट गेष्ट हाउसमा रहनु हुनेछ । प्रधानमन्त्री ओलीले भोलि चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटघाट गर्नु हुने कार्यक्रम छ ।
भोलि नै ग्रेट हल अफ दि पिपुलमा नेपाल–चीन वार्ता हुने र केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा