
नेपाली राजनीतिकका शिखर व्यक्तित्व गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवसका अवसरमा आइतबार आयोजित विचार गोष्ठीको सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिरः मदन गौतम, रासस
काठमाडौँ, ७ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आपसमा बाँडेर खानकै लागि सरकारमा जानुको औचित्य नरहेको बताउनुभएको छ ।
पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको छैटाँै स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो– “एकैसाथ बाँडीचुँडी खाउँ, सरकारमा जाउँ भन्ने हो भने केही छैन, होइन भने हामीबीच सहकार्यको आवश्यकता छ ।”
‘जिपी अध्ययन केन्द्र’ ले आयोजना गरेको ‘गिरिजाबाबुको सहकार्यको नीति र अबको राजनीति’ विषयक विचार गोष्ठी शुभारम्भ गर्दै उहाँले काँग्रेसको महाधिवशेन उद्घाटनमा आएका विदेशी प्रतिनिधिले यहाँका राजनीतिक दलको सहकार्य देखेर प्रशंसा गरेको प्रसङ्ग पनि उल्लेख गर्नुभयो ।
शान्ति स्थापना, गणतन्त्र घोषणा र संविधान निर्माणमा गिरिजाबाबुले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सभापति देउवाले संविधान बने पनि कार्यान्वयनमा समस्या आएका अवस्थामा राजनीतिक दलबीच सहकार्य नभए स्थायी शान्ति नहुने उल्लेख गर्नुभयो ।
उहाँले देशको प्राकृतिक सम्पदाको सदुपयोग गर्न, जलस्रोत तथा पर्यटन क्षेत्रको विकास र औद्योगिक क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न राजनीतिक दलबीच सहकार्यको अवश्यकता भएको बताउनुभयो ।
नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधान जारीपछि सङ्क्रमणकालीन अवस्था अझै नसकिएको र संविधानको विरोध गर्ने तत्व अझै सक्रिय भएकाले यसको सफल कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनुपर्ने र नेतृत्व कसले गर्ने भन्ने कुरो गौण हो भन्नुभयो ।
राजनीतिक दृष्टकोणले कष्टकर मानिएका अवस्थामा पनि शान्ति स्थापनाका लागि समर्पण भएकैले गिरिजाबाबु सम्मानित हुनुभएको हो भन्दै उहाँले आग्रह वा पूर्वाग्रहको सहकार्यले देश धरासायी हुने भएकाले विगतका कामको वस्तुनिष्ठ मूल्याङ्कन गर्न र राष्ट्रिय स्वाभिमानको मुख्य आधार आत्मनिर्भरतालाई नीति र योजनामा समावेश गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, धनराज गुरुङ र आयोजक संस्थाका सल्लाहकार भिमसेनदास प्रधानले नेता कोइरालको योगदानको चर्चा गर्दै अबको नेतृत्वले पनि आफूलाई वर्षांै लेखिने पुस्तकको पात्र बनाउन, छिमेकी मुलुकबीचको सम्बन्धमा साझा धारणा बनाउन सुझाव दिनुभयो ।
विचार गोष्ठीमा हास्य कलाकार श्रीकृष्ण सिम्खडाले ‘अहिले गिरिजाबाबु भइदिएको भए के भन्थे ?” भन्ने सन्देशको अनुकरण गर्नुभएको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?