लण्डन । अपरिचितलाई ढोका खोल्दा लण्डनका एक युवा मरणासन्न हुने गरी कुटिएका छन् भने उनको घर लुटिएको छ ।
लण्डनबाट प्रकाशन हुने द इभिनिङ स्ट्यान्डण्र्ड दैनिकका अनुसार दक्षिणी लण्डनको ग्रीनवीचस्थित क्राइस्ट चर्च वेमा अवस्थित ती युवाको फ्ल्याटमा कसैले ढोका ढक्ढकाउँछ । को रहेछ भनेर ढोका खोल्न नपाउँदै दुई युवाले घरधनीलाई जबरजस्ती धकेलेर घरभित्र पस्छन् ।
घरभित्र पसेपछि लुटेराहरुले घरधनीलाई लात्ती र मुक्काले बेस्सरी पिट्नुका साथै हत्कडी लगाउँछन् । त्यसपछि घरधनीलाई पैसा लगायतका बहुमूल्य सामान कहाँ कहाँ राखिएको छ सोध्दै लुटपाट गर्छन् ।
यो घटना गत फेब्रुअरी ४ मा भएको हो ।
लण्डनको महानगरीय प्रहरीले घटनामा संलग्न दुई पुरुष र एक महिलाको तस्वीर सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेको भिडियोमा लुटेराहरु लुटपाटपछि विदेशी नम्बर प्लेटको रातो भ्यानमा भागेको देखिन्छ ।
प्रहरीले शंकास्पद व्यक्तिहरुका बारेमा जानकारी भए संकेत नम्बर ३६०२६६९÷१६ उल्लेख गरी ०२०८२४७४८६३ मा खबर गर्न अनुरोध गरेको छ ।
यसअघि पूर्वी लण्डनको अप्टन पार्कमा पनि यस्तै घटना भएको थियो । प्रहरीले सार्वजनिक गरेको सो घटनाको भिडियोमा पहिले एक युवतीले मूलढोका ढक्ढक्याउने अनि घरधनीले ढोका खोल्नासाथ लुकेर बसेका युवाहरुले घरधनीलाई पिटेर घरभित्र पस्छन् । सो घटनामा संलग्नहरुलाई पनि प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।
यस्ता घटनापछि अब घरमा कसैले मूलढोका ढक्ढक्यायो वा घण्टी बजायो भने ढोका खोल्नुअघि एकपटक सोच्नैपर्ने भएको छ ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित