लण्डन । पासा पुच गुठी युकेले नेपाल सम्वतका शुरुवातकर्ता शंखधर साख्वका बारेमा ‘शंखधरया बाखा’ चलचित्र बनाउने भएको छ ।
यसबारेमा छलफल गर्न गुठीको बैठक प्लमस्टिडको गोरखा क्लवमा गत शनिबार बसेको थियो । पुचका उपाध्यक्ष तथा सो परियोजनाका प्रमुख ओजेशसिंह डंगोलको अध्यक्षतामा बसेको सो बैठकमा गुठीका सल्लाहकारहरुको उपस्थिति रहेको गुठीले जनाएको छ ।
सो चलचित्रको लेखन तथा निर्देशन गुठीका उपाध्यक्ष संयुक्ता श्रेष्ठले गरेका छन् । श्रेष्ठको यन्त्रतकलाको ब्यानरमा बन्ने सो चलचित्रलाई गुठीमार्फत सर्वत्र उपलब्ध गराइने बताइएको छ ।
सो चलचित्र आगामी नेपाल सम्वत सम्ममा तयार भइसक्ने बताइएको छ । सो चलचित्रलाई लण्डनस्थित नेपाली दुताबासमा प्रिमियर सो गर्ने योजना बनाइएको छ ।
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट