
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकलाई फागुन ७ गतेदेखि हुने आफ्नो चीन भ्रमणबारे जानकारी दिनुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले हामी भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्न चाहन्छौँ र दुवै ठूला छिमेकीबाट लाभान्वित हुन चाहन्छौँ तर कुनै राष्ट्रविरुद्ध अर्को राष्ट्रलाई कार्डका रुपमा प्रयोग गर्न चाहँदैनौँ भन्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकलाई चैत ७ गतेदेखि हुने आफ्नो चीन भ्रमणबारे जानकारी दिँदै भारत भ्रमणपछि हुन लागेको मित्रराष्ट्र चीनको भ्रमणबाट नेपाल—चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने र नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध अझ मजबुत हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मागेर विकास हुने होइन भन्नुहुँदै हाम्रा उत्पादनहरु निर्यात गर्नु र पूर्वाधारको विकास गर्नुमा नै देशहित आधारित हुने प्रष्ट पार्नुभयो ।
उहाँले चीन भ्रमणक्रममा चीनका राष्ट्रपति, प्रधानमन्त्री तथा चिनियाँ जनकाँग्रेसका प्रमुख, चीनको व्यापारिक समुदायलगायतसँग भेटवार्ता हुने पनि जानकारी दिनुभयो । उहाँले आफूले बोआओ सम्मेलनमा भाग लिने पनि जानकारी दिनुभयो ।
आफू सम्पूर्ण नेपाली जनताको प्रतिनिधि भएको तथा आफूबाट देशलाई हानी हुने कुरामा कुनै सम्झौता नहुने कुरामा आश्वस्त पार्दै प्रधानमन्त्रीले यस भ्रमणबाट राजनीतिक, आर्थिक तथा अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले नेपाल नयाँ चरणमा प्रवेश गर्ने पनि बताउनुभयो ।
उहाँले भ्रमण क्रममा रसुवागढी नाकाको विकास गर्ने, तातोपानी नाका सुचारु गर्ने, किमाथाङ्का नाकासम्म सडक दुई लेनको र सबै मौसममा चालु गर्न सकिने गरी विकास गरिने, सीमापार प्रसारण लाइन विस्तार गर्ने, रसुवागढी—काठमाडौँ तथा काठमाडाँैबाट पोखरा तथा लुम्बिनीसम्म पनि रेलमार्ग निर्माण, माथिल्लो अरुण ४३४ मेवा निर्माण, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, चक्रपथको दोस्रो चरणको काम, मोनोपोल निर्माण आदि कुरालाई उठाइने र केहीमा सम्झौता हुनुका साथै केहीमा अध्ययनका लागि समझदारी हुनसक्ने बताउनुभयो । उहाँले नेपाल–चीनबीच पारवहन तथा व्यापारको स्वरुपबारे अध्ययन गरेर सम्झौतामा पुग्ने गरी समझदारी हुने पनि सो अवसरमा जानकारी दिनुभयो ।
समितिका सभापति प्रभू शाहको सभापतित्वमा भएको बैठकमा सांसदले भ्रमणमा इन्धन आयातसम्बन्धी सम्झौता महत्वपूर्ण हुने र सो छुट्नु नहुने, लिपुलेकबारे गृहकार्य गरेर कुरा उठाउनुपर्ने, कर्णाली आयोजनाबारे पनि कुरा उठाउनुपर्ने, तेल उत्खननको सम्भाव्यता अध्ययन आदि छुट्नु नहुने कुरा राख्दै सुझाव दिन ढिलो हुने भए पनि भ्रमणबारे जानकारी दिनुभएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिनुभयो । सुझाव दिने सांसदमा श्याम श्रेष्ठ, राजन भट्टराई, जीतेन्द्र देवलगायत हुनुहुन्थ्यो ।
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, ६ घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा