काठमाडौँ, ४ चैत । संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनसँग उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याणमन्त्री चन्द्रप्रकाश मैनालीले राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज द्विपक्षीय भेटवार्ता गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र पूर्व महिला, बालबालिका तथा समाजकल्याणमन्त्री नीलम केसीका साथ भएको उक्त भेटवार्तामा उपप्रधानमन्त्री मैनालीले नेपालको राजनीतिक एवम् सामाजिक विकासमा राष्ट्रसङ्घबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
लोकतान्त्रिक एवम् समावेशी चरित्रको नेपालको नयाँ संविधानबारे जानकारी गराउँदै उहाँले वार्ताका माध्यमबाट संविधानका बाँकी विषय मिलाउन सरकार क्रियाशील रहेको बताउनुभयो । सरोकारवाला र सरकारबीच उच्चस्तरीय राजनीतिक समिति बनाएर समस्याको समाधानमा सरकारी प्रयास जारी रहेको जानकारी पनि उहाँले महासचिवलाई गराउनुभएको न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महासचिव बानलाई २५६०औँ बुद्धजयन्तीका अवसरमा नेपाल भ्रमणको आमन्त्रणपत्र पनि हस्तान्तरण गर्नुभयो ।
उक्त नियोगका अनुसार महासचिव बानले लैङ्गिक समानता, महिला सशक्तीकरणका निम्ति महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
नेपालले गरेका विकासका प्रयासलाई आफूले निकटबाट नियालिरहेको बताउँदै महासचिव बानले निकट भविष्यमा उपमहासचिव जान एलिसोनको नेतृत्वमा राष्ट्रसङ्घीय प्रतिनिधिमण्डल पठाउन लागेको जानकारी दिनुभयो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार