काठमाडौँ, ३ चैत । सूचना तथा सञ्चार मन्त्रालयले मातहतका निकाय÷संस्थानका प्रमुखले आफूखुसी स्वदेश वा विदेश भ्रमणमा जान नपाइने निर्णय गरेको छ ।
मातहतका कुनै पनि निकायका प्रमुखले विदेश जानुपर्दा सञ्चारमन्त्री र काठमाडौँ उपत्यका बाहिर जानुपर्दा सचिवसँग अनिवार्य अनुमति लिनुपर्ने गरी कार्यविधि जारी गरिएको छ । मन्त्री शेरधन राईले मङ्गलबार सो कार्यविधि स्वीकृत गर्नुभएको हो ।
ती निकायका प्रमुखले आफूखुसी भ्रमणमा जाने, प्रतिवेदन नदिने, मन्त्रालयका कतिपय काममा समन्वय नगर्ने र सवारी साधनको दुरुपयोग गर्ने गरेको पाइएपछि सरकारले त्यस्तो कार्यमा रोक लगाएको हो ।
मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले त्यसरी भ्रमणमा जाने प्रमुखले फर्केपछि कार्यक्रमको प्रतिवेदन र औचित्य पेस गर्नुपर्ने बताउनुभयो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]