
काठमाडौँ, २ चैत । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको समयमा तातोपानी नाका खोल्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार श्रेष्ठको प्रतिनिधित्वमा प्रधानमन्त्री निवास बालुवाटार गएको टोलीले चीनसँग जोड्ने एकमात्र प्रमुख नाका बन्द हुँदा देश र स्थानीयवासीलाई ठूलो मर्का परेको भन्दै नाका खोल्न प्रधानमन्त्रीले भ्रमणमा पहल गर्न आग्रह गरेका हुन् ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणमा नेपाल र चीनको थप सम्बन्ध स्थापित गर्नुका साथै अधिकांश नाका खोल्ने विषयमा छलफल हुने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले तातोपानी नाका बन्द हुँदा नेपालको आर्थिक विकासमा ठूलो घाटा परेको भन्दै यसलाई आफूले गम्भीर रुपमा लिएको बताउनुभयो ।
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट तातोपानीलगायत व्यापारिक नाका बन्द भएका थिए ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता