काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीका लागि नेपालका विद्यमान कानुन बाधक भए त्यसलाई संशोधन गर्न नेपाल सरकार तयार रहेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको सहयोगमा सार्क चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री(सार्क सिसिआई)को आयोजनामा आज यहाँ भएको सार्क उद्योग वाणिज्य परिसङ्घको नेतृत्व हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘नेपालको संविधान’ जारी भएपछि नेपालमा लागानीका लागि उपयुक्त वातावरण सिर्जना भएको बताउनुभयो । सार्क सिसिआईका अध्यक्ष इस्माइल असिफबाट नेपालका सार्क सिसिआईका वरिष्ठ उपाध्यक्ष सुरज वैद्यलाई अध्यक्ष पद हस्तान्तरण भएको हो ।
दक्षिण एसियामा विद्यमान अपार विकासका सम्भावनालाई सदस्य राष्ट्रले मिलेर फलदायी बनाउनुपर्नेमा जोड दिँदै उहाँले गत केही दशकमा दक्षिण एसियाली क्षेत्र विकासको दृष्टिले पछि धकेलिएको भए पनि आगामी केही दशकभित्र विकसित क्षेत्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा उपप्रधानमन्त्री कमल थापाले नेपालको हालै जारी संविधानले विश्वव्यापी प्रजातान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गरेको बताउनुभयो । उहाँले दक्षिण एसियाको व्यापार क्षेत्रमा देखिएको अवरोध हटाउने मुख्य उपाय आपसी सहकार्य नै भएको स्पष्ट गर्नुभयो ।
सार्क सदस्य राष्ट्रबीच व्यापार लगानी प्रवद्र्धन गर्न सन् १९९३मा सार्क सिसिआईको स्थापना भएको हो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?