बनेपा, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा हासिल गरेको जनशक्ति विदेश पलायन हुँदा स्वदेशलाई आवश्यक जनशक्ति अभाव भएको बताउनुभएको छ ।
आज धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले देशभित्र विभिन्न क्षेत्रको नेतृत्व लिनसक्ने जनशक्ति मात्र हैन विश्व बजारमै प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति तयार पार्न विश्वविद्यालय सक्षम हुनुपर्छ भन्नुभयो ।
अहिलेको युगले मागेको शिक्षा विज्ञान र प्रविधिमा आधारित भएपनि त्यसले आफ्नो संस्कृति, भूगोल, इतिहास र राष्ट्रिय सम्पदाप्रति श्रद्धा एवम् सम्मान जगाउन सक्नुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले विद्यार्थीलाई श्रमप्रति सम्मान गर्न र कठिन बाटोमा हिँडेर राष्ट्र र जनताको हितमा आफूलाई समर्पण गर्न सिकाउने शिक्षा आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो – “मुलुकको आर्थिक र सामाजिक विकासका निम्ति आवश्यक शैक्षिक जनशक्तिको परिपूर्ति शिक्षाको लक्ष्य र उद्देश्य हुनुपर्छ ।”
राष्ट्रपति भण्डारीले विदेशीलाई आकर्षण गरी राम्रो शैक्षिक गन्तव्यका रुपमा नेपाललाई चिनाउन सके शैक्षिक क्षेत्रबाट देशलाई आर्थिक टेवासमेत पुग्ने उल्लेख गर्दै पूर्वाधार विकास र अनुसन्धानमा राज्यले पर्याप्त लगानी गरी प्रतिफल हासिल गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षामा लगानी र प्रतिफलबीचको खाडल डरलाग्दो भएको बताउनुभयो ।
जीवनोपयोगी, समयानुकूल र प्रतिस्पर्धी शिक्षा दिइनुपर्नेमा जोड दिँदै उहाँले शिक्षा आर्थिक हैसियत भएकाको लागि मात्रै हुन नहुने बताउनुभयो । शिक्षा बेरोजगार उत्पादन गर्ने माध्यम हुन नहुने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्थाको समेत अन्त्य हुनुपर्नेमा जोड दिदै अब हुने प्रधानमन्त्रीले कुनै विश्वविद्यालयको पनि कुलपति हुन पाउने छैनन् भन्नुभयो ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षा नीतिलाई पुनःसंरचना गर्ने दिशामा सरकार अघि बढेको उल्लेख गर्दै नेपालमा विदेशी शैक्षिक कार्यक्रम ल्याउने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभयो ।
विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजुले बुद्धि र विवेकको प्रर्वद्धन र उपयोगका लागि नै शिक्षा दिइनुपर्नेमा जोड दिँदै विश्वमा गणना गरिएका करिव २० हजार विश्वविद्यालयमध्ये उत्कृष्ट ५ हजारको पङ्क्तिमा काठमाडौँ विश्वविद्यालय पर्ने बताउनुभयो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?