
पोखरा, २८ फागुन । आगामी चैत १ गतेदेखि ४ गते (मार्च १४–१७)सम्म पोखरामा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) परराष्ट्र मन्त्रीस्तरीय बैठकको तयारी सम्बन्धमा नायब शिष्टाचार माहापाल राजाराम वर्तौलाले आज पोखरामा भइरहेको तयारीबारे सम्बन्धित निकायसँग छलफल गर्नुभएको छ ।
बैठकको पूर्व तयारीका सन्दर्भमा बिहीबार पोखरा आउनुभएका वर्तौलाले आज स्थानीयरुपमा भइरहेको तयारीका सम्बन्धमा मूल व्यवस्थापन सहयोग समितिका संयोजक क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालासहित सुरक्षासम्बद्ध पदाधिकारी लगायतसँग छलफल गर्नुभएको हो ।
रासससँगको कुराकानीमा वर्तौलाले बैठकको तयारी लगभग अन्तिमचरणमा पुगिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार मार्च १७मा सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक हुनेछ भने त्यसअघि मार्च १६मा स्थायी समितिको बैठक हुनेछ ।
कार्यक्रम समितिको बैठक मार्च १४ र १५ तारिकमा हुने भएकाले मार्च १३मा कार्यक्रम समितिको बैठकका लागि पाहुना पोखरा आइसक्ने वर्तौलाले जानकारी दिनुभयो ।
त्यस्तै मार्च १६मा हुने स्थायी समितिको बैठकका लागि मार्च १४ र १५ मा सार्क स्थायी समितिका सदस्य पोखरा आइसक्ने र मार्च १७मा हुने परराष्ट्र मन्त्रीहरूको बैठकका लागि सदस्य राष्ट्रका परराष्ट्र मन्त्री मार्च १६ मा पोखरा आइसक्ने उहाँले बताउनुभयो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?