
नेपाली काँग्रेसको १३ औं महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदै । तस्बिर ः भीष्म ओझा, रासस
काठमाडौँ, २७ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको मतगणनाको काम आज पनि जारी छ ।
बुधबार साँझ ७ बजे स्थगित भएको मतगणना आज बिहान ११ बजेपछि मात्रै केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो । बुधबार बेलुकासम्म १५० मतको गणना गरिएको थियो । आज मात्रै झन्डै ६० मतको गणना भएको र १०० पुगेपछि मात्रै सार्वजनिक गर्ने तयारी गरिएको शर्माले बताउनुभयो ।
कुल २५ खुल्ला केन्द्रीय सदस्यका लागि ९० जनाको उम्मेदवारी परेको र सबै उम्मेदवारका प्रतिनिधिहरु राखेर मतगणना गर्दा ढिलो भएको उहाँले बताउनुभयो । दुई ठाउँमा मतगणना गर्ने भनिए पनि अहिलेसम्म एक ठाउँमा मात्रै भइरहेको छ । खुल्लातर्फको गणना जारी रहेकै बेला आजै समावेशी आरक्षणतर्फको मतगणना पनि सुरु गर्ने तयारी भइरहेको छ ।
दलित र मुस्लिम आरक्षणको मतगणना आजै गरी नतिजा पनि आजै सार्वजनिक गरिने शर्माले राससलाई जानकारी दिनुभयो । दलित तीन केन्द्रीय सदस्यका लागि २० र दलित महिलातर्फ दुई केन्द्रीय सदस्यका लागि पाँचजनाको उम्मेदवारी परेको छ ।
त्यसैगरी, मुस्लिम आरक्षणतर्फ एक पदका लागि छजना उम्मेदवार मैदानमा हुनुहुन्छ । काँग्रेसको अन्य आरक्षणमध्ये छ महिला केन्द्रीय सदस्य पदका लागि ३८, प्रत्येक प्रदेशमा हुने दुई केन्द्रीय सदस्यका लागि प्रदेश नं १ मा १३, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १८, प्रदेश नं ४ मा नौ, प्रदेश नं ५ मा १०, प्रदेश नं ६ मा पाँच र प्रदेश नं ७ मा सातजना उम्मेदवार छन् ।
त्यसैगरी आरक्षणमा आदिवासी जनजातितर्फ तीन केन्द्रीय सदस्यका लागि ४०, आदिवासी जनजाति महिलातर्फका दुई केन्द्रीय सदस्यका लागि १२, मधेसी आरक्षणतर्फ तीनका लागि १५ र मधेसी महिलाका लागि नौजना उम्मेदवार प्रतिस्पर्धामा छन् । महाधिवेशनबाट पार्टीका सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा डा शशाङ्क कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी भइसक्नुभएको छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?