काठमाडौँ, २४ फागुन । महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ पशुपतिनाथको दर्शन गर्नुभएको छ ।
प्रत्येक वर्ष शिवरात्रिका अवसरमा नेपालका राष्ट्राध्यक्षले आराध्यदेव एवम् राष्ट्रिय देवता पशुपतिनाथको दर्शन गर्ने प्रचलन छ । विश्व सम्पदाको सूचीमा रहेको उक्त मन्दिर हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मानिन्छ ।
‘मानव समुदायको आस्थाको केन्द्र’
यसै अवसरमा पशुपतिनाथको मन्दिरमा दर्शन गर्न पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री आनन्दप्रसाद पोखरेलले पशुपतिनाथ हिन्दू धर्मालवम्बीका मात्र नभएर सिङ्गो मानव समुदायको आस्थाको केन्द्र भएको बताउनुभएको छ ।
दर्शनपछि पत्रकारसँगको कुराकानीमा उहाँले विश्वसम्पदाको सूचीमा सूचीकृत पशुपतिनाथप्रतिको आस्थालाई बचाइराख्नका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै यसमा स्थानीय जनताको सहयोगको अपेक्षा गर्नुभयो ।
काठमाडौँ, २४ फागुन । महाशिवरात्रिका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले आज साँझ पशुपतिनाथको दर्शन गर्नुभएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि पशुपतिनाथको दर्शन गर्नुभयो ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ