काठमाडौँ, २४ फागुन । महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ पशुपतिनाथको दर्शन गर्नुभएको छ ।
प्रत्येक वर्ष शिवरात्रिका अवसरमा नेपालका राष्ट्राध्यक्षले आराध्यदेव एवम् राष्ट्रिय देवता पशुपतिनाथको दर्शन गर्ने प्रचलन छ । विश्व सम्पदाको सूचीमा रहेको उक्त मन्दिर हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मानिन्छ ।
‘मानव समुदायको आस्थाको केन्द्र’
यसै अवसरमा पशुपतिनाथको मन्दिरमा दर्शन गर्न पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री आनन्दप्रसाद पोखरेलले पशुपतिनाथ हिन्दू धर्मालवम्बीका मात्र नभएर सिङ्गो मानव समुदायको आस्थाको केन्द्र भएको बताउनुभएको छ ।
दर्शनपछि पत्रकारसँगको कुराकानीमा उहाँले विश्वसम्पदाको सूचीमा सूचीकृत पशुपतिनाथप्रतिको आस्थालाई बचाइराख्नका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै यसमा स्थानीय जनताको सहयोगको अपेक्षा गर्नुभयो ।
काठमाडौँ, २४ फागुन । महाशिवरात्रिका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले आज साँझ पशुपतिनाथको दर्शन गर्नुभएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि पशुपतिनाथको दर्शन गर्नुभयो ।
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण