
काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसका महामन्त्री एवम् १३ औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी कृष्णप्रसाद सिटौलाले पार्टीलाई गुट उपगुटमा विभाजित हुनबाट मुक्त गरी एकताबद्ध बनाउन पहल कदमी लिने बताउनुभएको छ ।
नेता सिटौलाले आज एक विज्ञप्ति प्रकाशित गरी पार्टीको बृहत्तर एकताका निम्ति अग्रसर हुन कार्यकर्तालाई आह्वान गर्नुभएको छ । “दोस्रो चरणको मतदानमा प्रवेश गर्नुअघि हिजो व्यक्त मतको समेत सम्मान गर्दै पार्टीभित्र सबैको भावना समेट्ने अवस्था सुनिश्चित गर्न सकियो र मतदान गर्ने अवस्था आएन भने महाधिवेशनबाट सकारात्मक सन्देश प्रवाह हुन सक्छ भन्ने मेरो विश्वास छ”–सिटौलाले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ ।
आइतबारको मतदानमा सभापति पदका तीन जना उम्मेद्वारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नपाएपछि निर्वाचन समितिले आज अपराह्न २ बजे पुनः मतदानको समय तालिका प्रकाशन गरेको सन्दर्भमा उहाँको वक्तव्य आएको हो । काँग्रेसको विधानअनुसार दोस्रो चरणको मतदानमा सभापति पदका प्रत्यासी सिटौला सहभागी हुन पाउनुहुन्न ।
महाधिवेशनबाट फर्कदा एकताबद्ध काँग्रेस लिएर जानुपर्ने र त्यस्तो काँग्रेसले मात्र वर्तमान चुनौती साममना गर्न सक्ने उहाँको वक्तव्यमा उल्लेख भए पनि दोस्रो चरणमा प्रतिष्पर्धा गर्नुहुने कावा सभापति रामचन्द्र पौडेल वा वरिष्ठ नेता शेरबहादुर देउवामध्ये कसलाई समर्थन गर्ने भन्ने विषय खुलाइएको छैन । पहिलो चरणमा आफूलाई सहयोग गर्ने सबैलाई नेता सिटौलाले धन्यवाद दिनुभएको छ ।
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, ६ घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते