
काठमाडौँ, २३ फागुन । पाँच महिनाअघि जननिर्वाचित संविधानसभाले जारी गरेको नेपालको संविधानलाई भारतका प्रधानन्यायाधीश टि एस ठाकुरले उत्कृष्ट दस्तावेजको सङ्ज्ञा दिनुभएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १३औँ सम्मेलन र सार्क राष्ट्रका प्रधानन्यायाधीशहरूको १०औँ सम्मेलनमा आज साँझ यहाँ समापन मन्तव्य व्यक्त गर्दै उहाँले सार्वजनिक रुपमा त्यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘‘शान्ति, स्वतन्त्रता, सामाजिक न्याय, स्वतन्त्र न्यायपालिकालगायत नेपाली जनताका भावना र चाहना समेटिएको नेपालको संविधान ज्यादै प्रेरणाप्रद छ’’ भन्नुभयो ।
लोकतन्त्र, धर्म निरपेक्षता, समानता, न्यायपालिकाको स्वतन्त्रताजस्ता विषयलाई छाडेर अन्य मुद्दामा संविधान संशोधन गर्न सकिने भारतको अनुभव सुनाउँदै उहाँले नेपाली जनताको इच्छानुसारको संविधान जारी हुनु ठूलो उपलब्धि भएको बताउनुभयो ।
“भारतमा संविधान जारी भएको ६६ वर्ष भइसक्यो र त्यसमा १०० पटक संशोधन भइसकेको छ,”– संविधान अपरिवर्तनीय दस्तावेज नभएको दृष्टान्त प्रस्तुत गर्दै उहाँले भन्नुभयो ।
बङ्गलादेशका प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हाले पनि नेपालको संविधानलाई उत्कृष्ट भन्दै त्यसको स्वागत गर्नुभयो ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ