
काठमाडौँको भृकुटीमण्डपमा नेपाली काँग्रेसको जारी १३ औँ महाधिवेशनको शुक्रबार बन्दसत्र हुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशनको बन्दसत्रमा महामन्त्री, कोषाध्यक्ष र पार्टीको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे सम्पन्न भएको छ । नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा सुरु भएको बन्दसत्र निर्धारित समय भन्दा एकघण्टा ढिलो गरी सुरु भएको थियो ।
काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा महामन्त्रीव्दय प्रकाशमान सिहं र कृष्णप्रसाद सिटौलाले पेस गर्नुभएको पार्टीको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष चित्रलेखा यादवले पेस गर्नुभएको आर्थिक प्रतिवेदन पेस गरी बन्दसत्र सम्पन्न भएको हो ।
बन्दसत्रमा पार्टीको नीति तथा कार्यक्रम पार्टीका केन्द्रीय सदस्य महेश आचार्यले पेस गर्नुभएको थियो । बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि भोलि बिहान ९ बजेदेखि छलफल प्रारम्भ हुने नेपाली काँग्रेस प्रचार विभाग प्रमुख डा.मिनेन्द्र रिजालले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदन बिहान ९ देखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म छलफल जारिरहने बताइएको छ ।
यसैबीच महाधिवेशनको बन्दसत्रले काँग्रेसको विधानमा उल्लेख गरिएको अञ्चलबाट निर्वाचित एकजनाका दरले केन्द्रिय सदस्य निर्वाचित गर्ने प्रावधान संशोधन गरेको छ ।
यस्तै पार्टीको अन्तिम बैठकले बाधा अड्काउ फुकाउ अधिकार प्रयोग गर्दे अञ्चलको सदस्य प्रदेशमा दुईजना रहने निर्णय गरेको थियो ।
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय