दमक, २२ फागुन । सरकारका प्रवक्ता शेरधन राईले वर्तमान सरकारले छिट्टै राष्ट्रिय सरकारको आकार पाउने बताउनुभएको छ ।
झापाको दमकमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री राईले काँग्रेस लगायत असन्तुष्ट दललाई ल्याएर यही सरकारले राष्ट्रिय आकार पाउने बताउनुभयो ।
काँग्रेस आफ्नो महाधिवेशनमा केन्द्रित भएको र महाधिवेशन सकिएलगत्तै सरकारमा सहभागी हुने उहाँको भनाइ थियो । काँग्रेस तथा तराई, मधेसका दललाई सरकारमा ल्याउन आवश्यक पहल र संवाद भइरहेको जानकारी दिँदै मन्त्री राईले भन्नुभयो, “मुलुकलाई आर्थिक तथा सामाजिक रुपमा रुपान्तरण गर्न तथा संविधानको प्रभावकारी कार्यान्वयन गर्न दल एक ठाउँमा उभिनुको विकल्प छैन ।”
सत्ताका केही दलका नेताले वर्तमान सरकारको विकल्प खोजी भइरहेको भन्ने खबर आएका छन् नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री राईले भन्नुभयो,– “त्यो उहाँहरुको भ्रम मात्र हो, यो सरकारले नै संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचन गराउने छ ।”
सञ्चारमन्त्रीले सरकारले सञ्चार नीति थप व्यवस्थित बनाउन कार्ययोजनाका साथ लागेको जानकारी पनि दिनुभयो ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम