उद्घाटन सत्रमा सम्बोधन गर्दै मधेसी जनअधिकार (फोरम लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा नेपाली काँग्रेसको ठूलो योगदान रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेसको खुलामञ्चमा भएको १३औँ महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले काँग्रेसले राणा शासन, पञ्चायत व्यवस्था र निरङ्कुश राजतन्त्रविरुद्धको लडाइँमा परिणामुखी नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष गच्छदारले महामानव बिपी कोइराला, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई, सुर्वण शमसेर, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई आफूले आर्दश व्यक्तिका रुपमा लिएको स्मरण गर्दै महाधिवेशन सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
नेकपा (माले)का महासचिव एवम् उप्रधानमन्त्री चन्द्रप्रकाश मैनाली संविधानससभाबाट सङ्घीय गणतन्त्र नेपालको समावेशी सविधान जारी गराउन नेकाले अत्यन्त अद्वितीय भूमिका निर्वाह गरेको बताउँदै महाधिवेशन सफलताको कामना गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा उपप्रधानमन्त्री चित्रबहादुर केसीले देशमा जारी नयाँ संविधानलाई कार्यान्वयन गर्न फेरि पनि सबैपाटीबीच एकताको खाँचो रहेको बताउँदै प्रजातान्त्रिक आन्दोलनमा नेकाको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उपाध्यक्ष राजीव पराजुलीले महाधिवेशनले समग्र मुलुकमा देखिएका सबैखाले परिस्थितिलाई सुधारेर अघि बढ्ने नेतृत्व चयन गर्ने छ भनी शुभकामना गर्नुभयो ।
नेपाली काँग्रेसकी कोषाध्यक्ष चित्रलेखा यादवले महाधिवेशनले चयन गर्ने नेतृत्वले मुलुकमा देखिएका कालोबजारी र भ्रष्टाचारलाई अन्त्य गरेर आमजनतालाई सुशासनको प्रत्याभूति दिलाउनुका साथै एकताको महाधिवेशनको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता