काठमाडौँ, २० फागुन । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापति पदमा समर्थन गर्दे आफ्नोे उम्मेदवारी फिर्ता लिनुभएको छ ।
आज आफ्नै निवास मण्डिखाटारमा कार्यवाहक सभापति पौडेल, नेता डा रामशरण महत, डा शशाङ्क कोइराला, डा शेखर कोइरालालगायतका नेताको उपस्थितिमा नेत्री कोइरालाले सभापतिको उम्मेदवारी दिने धोषणा फिर्ता लिनु भएको हो । उहाँले हिजो आफू सभापतिमा उम्मेदवारी दिने धोषणा गर्नु भएको थियो ।
कार्यवाहक सभापति पौडेलले सबैको राय र परामर्शले यो मुलुकका लागि काँग्रेसको परम्परालाई अक्षुण राखेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पौडेलले पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजानका लागि एकताको खाँचो रहेको भन्दै सबैलाई समेटेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “म २०१७ सालदेखि निरन्तर पार्टीमा समर्पण रहेको व्यक्ति हुँ पार्टीको बरिष्ठ व्यक्ति पनि हुँ मलाई सहयोग गर्नुहोस पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्छु ।”
नेत्री कोइरालाले पार्टीभित्र गिरीजाबाबुप्रति आस्था राख्ने व्यक्तिहरुले अब पार्टी कता जाने हो भन्ने चिन्ता प्रकट गरेकोे र पार्टीका साथीहरु निराश नहुन भनेर आफुले उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो कारणले पार्टी सङ्कटमा पर्नु हुँदैन त्यसैले मैले आफ्नो उम्मेदवारी फिर्ता लिन्छु ।”
कोइरालाले विपीको मेलमिलाप र गिरीजाबाबुको सहमति सहकार्य एकतालाई अगाडि लैजान आफु कटिबद्ध भएर लाग्ने स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ