
नेपाली काँग्रेसको १३ औं महाधिवेशनको पूर्व सन्ध्यामा नेता कृष्ण सिटौला सभापतिमा आफ्नो नेतृत्वको प्यानल घोषणा अवसरमा वोल्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौं, १९ फागुन । नेपाली काँग्रेसको १३ आँै महाधिवेशनका लागि महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ ।
आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी सिटौला समूहले उम्मेदवारी घोषणा गरेको हो । सिटौला सभापतिको उम्मेदवार हुने समुहबाट महामन्त्रीमा गगन थापाले र कोषाध्यक्षमा उमाकान्त चौधरीले उम्मेदवारी दिनुहुने भएको छ ।
उम्मेदवारी घोषणा कार्यक्रममा तीनवटै पदका उम्मेदवारहरुले पार्टीमा रहेको गुटको अन्त्य गर्न र पार्टीलाई ऊर्जाशील बनाउन आफूहरुको उम्मेदवारी भएको बताउनुभएको थियो । उहाँहरुले आफूहरु कुनै गुटको नभई सबै नेता तथा कार्यकर्ताहरुको भवनाको प्रतिनिधित्व गर्न जुर्मुराएको चर्चा गर्नु भयो ।
सभापतिका उम्मेदवार सिटौलाले शान्तिप्रक्रिया र संविधान निर्माणको काम सकिएकाले अब त्यसको कार्यान्वयनको जिम्मेवारी आफूहरुले पूरा गर्ने बताउनुभयो । उहाँले पार्टीलाई गतिशील, विचारशील र अग्रगामी बनाउनका लागि नयाँ पुस्ताको नेतृत्वको आवश्यकता भएकाले आफूले नेतृत्व लिन तम्सिएको स्पष्ट पार्नुभयो ।
महामन्त्रीका उम्मेदवार थापाले आफ्नो नसामा विपीको रगत नभई विचार बगेको बताउनुभयो । उहाँले भन्नु भयो“पार्टी रगतले होइन विचारले चलाउने हो त्यसैले मेरो नसा नसामा विपीको विचार बगेकाले विपीको विचारअनुसार नै पार्टीलाई चलाउने अठोट गरेको छु ।”
कोषाध्यक्षका उम्मेदवार चौधरीले पार्टीभित्रको भागबण्डको अन्त्यका लागि आफूहरुले उम्मेदवारी दिएको बताउनुभयो । पार्टी चलाउने विराशतले होइन विचारले हो भन्दै नेता चौधरीले विचारशील नेता तथा कार्यकर्ताले आफूहरुलाई उत्साहित पारेको बताउनुभयो ।
कार्यक्रममा केही केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति, विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधि तथा नेता कार्यकर्ताहरुको सहभागिता थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा