
काठमाडौँ, १८ फागुन । नयाँ शक्ति नेपालले नेपाल र भारतबीच अवरुद्ध रहेको द्विपक्षीय सम्बन्ध प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणपछि संवादको चरणमा प्रवेश गरेको टिप्पणी गरेको छ ।
नयाँ शक्तिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर प्रधानमन्त्रीको भारत भ्रमणपछि सम्बन्ध सुधारको चरणमा प्रवेश गरेको र सहजीकरण हुने दिशामा केन्द्रित रहेको जनाएको हो ।
नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले भन्नुभयो– “म प्रधानमन्त्री भएकै बखत सुरु भएका केही कार्यक्रम पुनःसुरु गर्ने सहमति भएको छ । राजनीतिक तहमा संवाद सुरु भएको छ । यसलाई सकारात्मक रुपमा लिनु पर्छ ।”
उहाँले राजनीतिमा नयाँ पनको सुरुवात जरुरी रहेको भन्दै आफूहरु त्यतैतिर केन्द्रित हुने र समाज सुधारमा लागिपर्ने उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा हरियो काठमाडौँ, सफा काठमाडौँ अभियान सुरु गर्ने, भ्रष्टाचारविरुद्ध सहयोगक कक्ष स्थापना गर्ने, नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिने र राष्ट्रिय र सामाजिक एकताका लागि सद्भाव अभियान सञ्चालन गर्ने घोषणा गरियो ।
सो अवसरमा नयाँ शक्ति अभियानका प्रचार प्रमुख मुमाराम खनाल र अर्थ विभाग प्रमुख रामेश्वर खनालले आ–आफ्नो विभागले गर्ने कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, ६ घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते