बेल्जियम । बेल्जियमस्थित गैर सरकारी संस्था फ्रम पिपुल टु पिपुलले पुन: मिसन नेपाल २०१६ कार्यक्रम लिएर नेपाल जाने निर्णय गरेको छ ।
यसै हप्ता कोन्टिच बेल्जियममा बसेको उक्त संस्थाको भेलाले तत्काल नेपाल जाने र ४८ हजार युरो खर्च गर्ने निर्णय गरेको हो ।
सन २०१० बाट मूल रूपमा बेल्जियमका विभिन्न हस्पिटलहरूमा कार्यरत मेडिकल डाक्टरहरूको संयुक्त प्रयासमा स्थापित सो संस्थाले नेपालमा गएको विनासकारी महाभुकम्प पछि अप्रिल २०१५ मा २७ जना मेडिकल डाक्टरहरूको टोली मार्फत १५ दिन सम्म उद्दार, उपचार र सहयोग गरेको थियो । उक्त टोलीको नेपालको लागि संयोजन प्रख्यात ब्यबशायी गैर आबासीय नेपाली संघ बेल्जियमका महासचिब लोक दाहालले गर्नु भएको थियो ।
सस्थाको मुख्य कार्यालय कोन्टिच बेल्जियममा नेपाली पत्रकारहरूको टोलीलाई मानबीय सहयोगको निम्ती कार्यरत सो संस्थाले जानकारी दिंदै तत्काल गोरखा र धादिङ जिल्लामा यो पटकमा ४८ हजार युरो खर्च गर्ने र अर्को पटक जग्गा खरिद गरी स्कूल र भबन बनाइ दिने जानकारी दियाे । त्यस्को लागत २ सय हजार यूरो हुने र यो परियोजनाको अध्ययन पूरा हुन लागिसकेको सो संस्थाका अध्यक्ष डा. लुक बाउकरले बताएका छन ।
म्यान्मारमा समेत ४ सय शैययाको अस्पताल सन्चालन गरिरहेको ¨फ्रम पिपुल टू पिपुल ¨ संस्थाले मिसन नेपाल २०१६ भन्दा पूर्व विश्वभरका सन्कटमा परेका विभिन्न मुलुकहरू हाईटी, चिली, म्यान्मार, पाकिस्तान, भारत, इन्डोनेसिया, फिलिपिन्समा समेत मिसन सन्चालन गरिसकेको र गर्दै रहेको कुरा सस्थाका अध्यक्ष डा. लुक बाउटर बताउनु हुन्छ ।
धादिङ र गोरखा जिल्लामा मात्र किन केन्द्रित रहेको भन्ने नेपाली पत्रकारहरूको प्रश्नमा डा. बाउकर भन्नुहुन्छ ¨विपत्ती र समस्यामा परेका नेपालका अन्य जिल्लाहरूबाट हामीलाई अफर आओस, जानकारी आओस हामी हाम्रो क्षमताले भ्याएको मानवीय सहयोग गर्न कत्ति पनि कन्जुस्याई गर्ने छैनौ । ¨
मुलत दैबीप्रकोप उद्दारको निम्ती बेल्जियमको प्रतिष्ठित सस्था ¨बी फास्ट ¨पछिको सम्मानित यो संस्था सरकारी तवरमा नै लडाईंमा रहेको नेपाल सयोजक लोक दाहाल बताउनुहुन्छ।
स्मरणीय के छ भने सरकारी अनुदानमा चल्ने बेल्जियमको मुख्य बिपत्तिको लागि सहयोगी सस्था ¨ बी फास्ट ¨उद्दार टोलीलाई नेपालमा गएको बिनासकारी महाभुकम्पकै दोश्रो दिन नेपाल प्रस्थान गरे पनि काठमाण्डौ प्रबेश गर्न नेपाल सरकारले अनुमति दिएन । फलत केही दिनको भारत बसाईपछि सो टोली बेल्जियम फर्केको थियो । सो टोलीका सदस्यहरूले बेल्जियम फर्केपछि राष्ट्रिय टेलिभिजनहरूमा संचारकर्मीहरूको प्रश्नको उत्तर दिंदै नेपाल सरकारको रबैया नराम्रो र गलत रहेको बताए ।यतिसम्मकी बेल्जिक उद्दार टोलीलाई नेपाल प्रबेश गर्न नदिएपछि यहाँका नागरिकहरूले ब्यापक रोष प्रकट गरे । हेरेन्ट बेल्जियम बस्ने बेल्जिक नागरिक रोमिन कुनले यस सम्बाददातासँग नेपाल गएकाे टोलीको दुखेसो सुनेको बताउँदै ¨ब्रेन नभएको नेपाल सरकार ! सहयोग गर्छु भन्दा हामीलाई तिरस्कार गर्ने ? अब हाम्रो नेपालप्रति उर्लेको सहानुभूति मरेर गयो । हामी कत्ती पनि सहयोग गर्न तयार छैनौ अब ¨ भने ।
यसरी धेरै मानबीय सहयोगको ढोका बन्द भए पनि फ्रम पिपुल टु पिपुल संस्थाको सहयोगी मन पीडित नेपालीको दु:ख, पीडा र दर्दमा मल्हमको रूपमा काम गर्ने नेपाल मिसनका सयोजन गर्ने लोक दाहाल बताउनु हुन्छ ।
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम