
कालीकोटको चिल्खामा शुक्रबार काष्ठमण्डप एयरको विमान दुर्घटना हुँदा घाइते भएका नौ यात्रुलाई हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइ उपचार गर्दै । तस्बिर ः राकेशकुमार मिश्र बाँके (खजुरा)
बाँके (खजुरा), १४ फागुन । कालीकोटको चिल्खायामा आज भएको विमान दुर्घटनामा परी घाइते नौ जनालाई उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ ।
दुर्घटनामा निधन भएका पाइलटद्वयको शव पनि सोही हेलिकप्टरबाट ल्याइएको अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक धिरु बस्न्त्यातले बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।
दुर्घटनामा परी मेघराज गिरी, गणेश भट्टचन, सोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्द भण्डारी, लक्ष्मी खड्का, धनञ्जय खत्री, जगदम्बा खत्री र दुई वर्षीय शिशुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको नाइन एनए जेबी जहाजमा समस्या आएपछि अपराह्न साढे १२ बजे चिल्खाया गाविस–२ मा आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको थियो । सो दुर्घटनामा नेपालगन्ज निवासी पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको मृत्यु भएको छ । जहाजमा ११ जना सवार थिए ।
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, ६ घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते