काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कालीकोटमा आज भएको काष्ठमण्डप एयरको विमान दुर्घटनामा परी चालक र सहचालकको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीका तर्फबाट उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले आज विज्ञप्ति प्रकाशन गरी मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले शोकको यस घडीमा मृतकका आफन्तजन र परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्रीले दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गर्न र शीघ्र स्वास्थ्योपचारको व्यवस्था मिलाउन सम्बन्धिन निकायलाई निर्देशन दिँदै उनीहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता