
काठमाडौँ, १४ फागुन । नेकपा (एमाले)ले नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको विमान कालीकोटको चिलखायमा दुर्घटना भई चालक र सहचालकको मृत्यु तथा यात्रुहरु घाइते भएको खबरले पार्टी स्तब्ध भएको जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गरी चालक दलका सदस्य दुवैको मृत्यु र विमानमा सवार यात्रु घाइतेको समाचारले पार्टीलाई स्तब्ध बनाएको उल्लेख छ । “विमान दुर्घटना जस्तो पीडादायी दुर्घटनामा परी आफ्नो अमूल्य जीवन गुमाउन पुगेका चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जलि र शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेको जतिसक्दो छिटो उपचारका लागि सरकारको ध्यानाकर्षण गराउँछौँ”– विज्ञप्तिमा भनिएको छ ।
पार्टीले दुई दिन अगाडि मात्र पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान म्याग्दीको सोलीघोप्टेको भिरमा दुर्घटना हुँदा सवार चालक दलका सदस्य तथा यात्रुको मृत्युको घटना सेलाउन नपाउँदै पुनःअर्को दुर्घटनामा हुनाको यथार्थ जनसमक्ष ल्याउनुपर्नेमा जोड दिएको छ । नेपाली आकाशलाई सुरक्षित र भरपर्दो बनाउने सन्दर्भमा प्रभावकारी कदम चाल्न पार्टीले सरकारको ध्यानाकर्षण गराउँदै विमान दुर्घटनाका सत्यतथ्य बाहिर ल्याउन उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा