काठमाडौँ, १४ फागुन । कालीकोटमा दुर्घटनामा परेको एअर काष्ठमण्डपको विमानमा सवार घाइतेको उद्धारका लागि घटनास्थलतर्फ हेलिकप्टर र सुरक्षा निकायको टोली परिचालन गरिएको छ ।
नेपालगन्जबाट जुम्लाका लागि उडेको ९एन–एजेबी विमान जबर्जस्ती अवतरण गर्ने क्रममा कालीकोटको चिल्खाया–२ मा दुर्घटनामा परेको हो । उद्धारका लागि भैरहवा, पोखरा र मुगुको रारामा रहेका हेलिकोप्टर प्रयोग गर्न निर्देशन दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
विमानमा चालकसहित ११ जना सवार थिए । दुर्घटनामा चालकसहित दुईजनाको मृत्यु भएको र अरु नौ जना घाइते रहेको बताइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलसँग समन्वय गरी घटनास्थलतर्फ उद्धार टोली पठाइएको जानकारी दिनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले काठमाडौँबाट प्राविधिक टोली घटनास्थलतर्फ पठाउने तयारी भएको जानकारी दिनुभयो । यो समाचार तयार गर्दासम्म घटनास्थलमा प्रहरी टोली पुगिसकेको छैन ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ