काठमाडौँ, १४ फागुन । कालीकोटमा दुर्घटनामा परेको एअर काष्ठमण्डपको विमानमा सवार घाइतेको उद्धारका लागि घटनास्थलतर्फ हेलिकप्टर र सुरक्षा निकायको टोली परिचालन गरिएको छ ।
नेपालगन्जबाट जुम्लाका लागि उडेको ९एन–एजेबी विमान जबर्जस्ती अवतरण गर्ने क्रममा कालीकोटको चिल्खाया–२ मा दुर्घटनामा परेको हो । उद्धारका लागि भैरहवा, पोखरा र मुगुको रारामा रहेका हेलिकोप्टर प्रयोग गर्न निर्देशन दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
विमानमा चालकसहित ११ जना सवार थिए । दुर्घटनामा चालकसहित दुईजनाको मृत्यु भएको र अरु नौ जना घाइते रहेको बताइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलसँग समन्वय गरी घटनास्थलतर्फ उद्धार टोली पठाइएको जानकारी दिनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले काठमाडौँबाट प्राविधिक टोली घटनास्थलतर्फ पठाउने तयारी भएको जानकारी दिनुभयो । यो समाचार तयार गर्दासम्म घटनास्थलमा प्रहरी टोली पुगिसकेको छैन ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?