दाङ, १४ फागुन । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमै गर्ने चीन भ्रमणका बेला दुई देशबीचमा महत्वपूर्ण सम्झौता हुने बताउनुभएको छ ।
अब गरिने चीन भ्रमणका क्रममा पारवहन सम्झौता, वाणिज्य सम्झौता, दीर्घकालीन ऊर्जा सम्झौता र सीमाक्षेत्रमा ‘कनेक्टीभिटी’ बढाउने गरी सम्झौता हुने महासचिव पोखरेलले बताउनुभयो ।
दाङको लमहीमा आज भएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले छिमेकी देशबीचमा सन्तुलित सम्बन्ध नहुँदा नेपालले समस्या भोग्नुपरेको धारणा राख्नुभयो ।
प्रधानमन्त्री ओलीले गर्नुभएको ६ दिने भारत भ्रमण पूर्णरुपमा सफल भएको बताउँदै उहाँले एमाले नेतृत्वको सरकारले छिमेकी देशबीचको सम्बन्धलाई सन्तुलन राख्ने गरी काम गरिरहेको प्रस्ट पार्नुभयो । अर्काे एक प्रसङ्गमा महासचिव पोखरेलले एमालेले संविधानको पक्षमा उभिने शक्तिसँग हातेमालो गरी अघि बढ्ने जानकारी दिनुभयो ।
नेपाल आत्मनिर्भर नहुँंदा छिमेकीले हेपाहा प्रवृत्ति देखाएको भन्दै उहाँले अब आत्मनिर्भरताको बाटोमा मुलुकलाई अघि बढाउन सबै तह र तप्काबाट पहल हुने गरी नीति तथा कार्यक्रम तयार गरिने जानकारी दिनुभयो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?