
काठमाडौँ, १२ फागुन । आन्तरिक उडानमा हालसम्मकै अत्याधुनिक उपकरणजडित तारा एयरलाएन्सको दुःखद दुर्घटना भएको छ ।
हवाई सुरक्षामा विशेष सतर्कता अपनाई त्यसअनुरुप आधुनिक प्रविधियुक्त जहाज दुर्घटना हुनाले मुलुकको हवाई सुरक्षामाथि कडा चुनौती थपिएको छ । एकपछि अर्को हवाई दुर्घटना बढ्नाले नेपालको हवाई आकाश असुरक्षित रहेको देखिन्छ ।
हालसम्मका दुर्घटनाको प्रकृति हेर्दा आधुनिक प्रणालीजडित विमान र अनुभवी चालक नै दुर्घटनामा पर्ने गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमको अनुभवमा हालसम्मका दुर्घटनाको प्रकृति हेर्दा राम्रा, उच्च प्रविधिजडित र अनुभवी चालक रहेको विमान नै दुर्घटनामा पर्ने गरेका छन् ।
तारा एयरको पछिल्लो दुर्घटना त्यसको ज्वलन्त उदाहरण हो । ताराले हालै भित्र्याएका दुई ट्वीनअटरमध्ये दुर्घटनामा परेको अत्याधुनिक उपकरण जडित महँगो विमान हो । तारा एयरले गत असोज ९ गते कल साइन नाइन एन–एएचएच विमान क्यानडाबाट खरिद गरेर ल्याएको थियो । विमानको उपकरण मात्र नभई विमान चालक क्याप्टेन रोशन मानन्धर ३० वर्षका अनुभवी चालक थिए ।
तारा एयरका व्यवस्थापक भीमराज राईले अत्याधुनिक प्रविधिजडित विमान दुर्घटना हुनु दुःखद् भएको बताउनुभयो । “हवाई सुरक्षाका बारेमा हामी गम्भीर छौँ, यो गल्ती मानवीय नभई मौसमको खराबीले हो”– उहाँले भन्नुभयो ।
सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी नेपालको एक मात्र एअरलाइन्सको प्रमाणपत्र भर्खरै पाएको तारा एयरको विमान पोखराबाट जोमसोमका लागि आज बिहान उडेकामा विमान सोलीघोप्टेमा दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित २३ जनाको मृत्यु भएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री आनन्दप्रसाद पोखरेलले तारा एयरको दुर्घटनाले निकै मर्माहत बनाएको बताउँदै मौसमको खराबीका कारण दुर्घटना भएकाले आगामी दिनमा हवाई सुरक्षाप्रति थप ध्यान पुरयाइने दृढता व्यक्त गर्नुभयो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?