
काठमाडौँ, १२ फागुन । आन्तरिक उडानमा हालसम्मकै अत्याधुनिक उपकरणजडित तारा एयरलाएन्सको दुःखद दुर्घटना भएको छ ।
हवाई सुरक्षामा विशेष सतर्कता अपनाई त्यसअनुरुप आधुनिक प्रविधियुक्त जहाज दुर्घटना हुनाले मुलुकको हवाई सुरक्षामाथि कडा चुनौती थपिएको छ । एकपछि अर्को हवाई दुर्घटना बढ्नाले नेपालको हवाई आकाश असुरक्षित रहेको देखिन्छ ।
हालसम्मका दुर्घटनाको प्रकृति हेर्दा आधुनिक प्रणालीजडित विमान र अनुभवी चालक नै दुर्घटनामा पर्ने गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमको अनुभवमा हालसम्मका दुर्घटनाको प्रकृति हेर्दा राम्रा, उच्च प्रविधिजडित र अनुभवी चालक रहेको विमान नै दुर्घटनामा पर्ने गरेका छन् ।
तारा एयरको पछिल्लो दुर्घटना त्यसको ज्वलन्त उदाहरण हो । ताराले हालै भित्र्याएका दुई ट्वीनअटरमध्ये दुर्घटनामा परेको अत्याधुनिक उपकरण जडित महँगो विमान हो । तारा एयरले गत असोज ९ गते कल साइन नाइन एन–एएचएच विमान क्यानडाबाट खरिद गरेर ल्याएको थियो । विमानको उपकरण मात्र नभई विमान चालक क्याप्टेन रोशन मानन्धर ३० वर्षका अनुभवी चालक थिए ।
तारा एयरका व्यवस्थापक भीमराज राईले अत्याधुनिक प्रविधिजडित विमान दुर्घटना हुनु दुःखद् भएको बताउनुभयो । “हवाई सुरक्षाका बारेमा हामी गम्भीर छौँ, यो गल्ती मानवीय नभई मौसमको खराबीले हो”– उहाँले भन्नुभयो ।
सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी नेपालको एक मात्र एअरलाइन्सको प्रमाणपत्र भर्खरै पाएको तारा एयरको विमान पोखराबाट जोमसोमका लागि आज बिहान उडेकामा विमान सोलीघोप्टेमा दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित २३ जनाको मृत्यु भएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री आनन्दप्रसाद पोखरेलले तारा एयरको दुर्घटनाले निकै मर्माहत बनाएको बताउँदै मौसमको खराबीका कारण दुर्घटना भएकाले आगामी दिनमा हवाई सुरक्षाप्रति थप ध्यान पुरयाइने दृढता व्यक्त गर्नुभयो ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न