
काठमाडौँ, १२ फागुन । सरकारले आज म्याग्दीमा तारा एयरको हवाइजहाज दुर्घटनामा परेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन ‘हवाई दुर्घटना जाँचबुझ आयोग’ गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको मन्त्रालय सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो ।
आयोगका सदस्यमा नेपाली सैनिक विभागका इन्जिनियर दीपक बास्तोला, सिम्रिक एयरका वरिष्ठ इन्जिनियर रामप्रसाद कोइराला, नेपाल वायुसेवा निगमका क्याप्टेन सुवास रिमाल र मन्त्रालयका सहसचिव सुरेशमान आचार्य रहनुभएको छ । पोखराबाट आज बिहान ७ः५० बजे जोमसोमका लागि उडेर सम्पर्कविहीन तारा एयरको विमान दाना, सोलिघोप्टेको केगरबुटा भन्ने स्थानमा दुर्घटना हुँदा चालक दलका तीन सहित २३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाप्रति दुःख व्यक्त
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खोज तथा उद्धार समन्वय केन्द्रले पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
केन्द्रका महाप्रबन्धक देवानन्द उपाध्यायले विज्ञप्ति जारी गरी विमान दुर्घटनामा दिवङ्गत चालक दलका तीन सदस्यसहित २० यात्रुको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ– “वायुयानमा कुल २० यात्रुमध्ये १८ वयस्क, दुई नाबालक थिए, वयस्कमध्ये १६ नेपाली तथा एक एक कुवेती र चिनियाँको मृत्युप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछाँै ।” केन्द्रले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आवश्यक प्राविधिक उपकरणसहित उद्धारका लागि परिचालन भइसकेको जनाएको छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?